यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौले क्यान सुनसरीलाइ एक कार्यक्रमका बिच विभिन्न सुचना प्रविधि संग सम्बन्धित सामाग्रिहरु उपलब्ध गराएको छ। क्यान सुनसरीको इटहरीमा रहेको सचिवालयमा कार्यालय व्यवस्थापनकालागि थम्ब एटेंडेन्स मेशिन, वेलकम मेशिन, वायरलेश सिसि क्यामेरा लगायतका बहु उपयोगि सामाग्रिहरु उपलब्ध गराएको अध्यक्ष बलराम भण्डारीले जानकारी दिनुभएको हो।

यु सफ्ट कम्प्युटर टेक्नोसिसका प्रोपराइटर बुद्ध मानन्धरले सो कार्यक्रममा क्यान सुनसरीले आयोजना गर्नलागेको क्यान इनफोटेककोलागि आवश्यक सल्लाहा सुझावका साथै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौ केन्द्रित भै सुचना प्रविधिका सामाग्रिहरु विक्रि वितरण गर्दै आएको एक व्यापारीक केन्द्र हो।

होली पर्वलाई मध्यनजर गर्दै क्यान सुनसरीले सम्पुर्ण सुचना प्रविधि संग आबध भएकाहरुमा आपसिभाईचाराको संदेश फैलाउने उदेश्यले होली विशेष कार्यक्रमको आयोजना गर्नका साथै होली टि-सर्ट वितरण गर्ने जानकारी संस्थाका सचिब पुष्प अधिकारीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया