कृष्ण जुनेली , इटहरी । पुर्वी तराईमा होलीलाई रगंहरुका साथै सद्भावको पर्वको रुपमा मनाइन्छ । खास गरी पुर्वी तराईमा फागु पुर्णिमाको भोली पल्ट होली खेल्ने परम्परा रहेको छ । पुर्वी तराईमा पहाडी तथा मधेशी समुदाय दुवैको वसोवास रहेको कारण पनि यो क्षेत्रमा विशेष गरी होलीलाई मेलमिलाप र सद्भाव साटसाट गर्ने पर्वको रुपमा समेत मनाईन्छ । मिश्रीत समुदायको रुपमा वसोवास रहेको क्षेत्र भएको कारण पनि पुर्वी
तराईमा मनाईने होलीले विशेष महत्व राख्ने गरेको छ । पुर्वी तराईमा होलीलाई भक्त प्रलाह्द र राक्षस वशीकी होलीका संग जोडेर असत्य माथि सत्यको विजय भएको दिनको रुपमा रगं खेलेर तथा एक आपसमा सद्भाव साटेर मनाउने गरिन्छ ।
माडवारी समुदायले भने फागु पुर्णिमाका दिन रातको समयमा खुशियालीका साथ होलीका दहन गर्ने अनि भोली पल्ट एक अर्कामा रगं लगाएर होली खेल्ने गरेका छन । त्यसै अन्तरगत यस वर्षपनि माडवारी समुदायका मानिसहरुले इटहरी , इनरुवा लगायतका ठाँउहरुमा होली खेली रहेका छन । भने पुर्वी तराईमा वसोवास गर्ने मधेशी समुदायका मानिसहरुले होलीका अवसरमा जोगीरा गाउने परम्परा पनि रहेको छ । होलीकाको चिरदाह भएपछि खुशीयालीमा जोगिरा गाउने गरिएको पौराणीक किम्वदन्ती रहेदै आएको छ । विगतका वर्षहरुमा जोगीरामा भगवानका आरधना तथा माया प्रेमका विषय वस्तुहरु समेटेर गाउने गरिन्छ । मधेशी समुदायका मानिसहरुले रमाइलो शैलीमा जोगिरा गाउने भएको कारण यस क्षेत्रका पहाडी समुदायका  मानिसहरुमा समेत त्यसको प्रभाव परेको देखिन्छ । तर विगत केही वर्ष देखि जोगिरा गाउने परम्परामा हस आएको पाइन्छ । युवा पिढीहरुले जोगिरालाई प्राथमिकता दिन छोडेपछि संकटमा पर्न थालेको छ । पौराणीक मान्यतावोकेको जोगिरालाई संरक्षण गर्न सके तराई क्षेत्रको एक महत्व पुर्ण संस्कृतिको जर्गेना समेत हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया