इटहरी । नेपालीहरुको वद्लीदो वानीका कारण चाढपर्वको समयमा मासुका परिकारहरुको अत्याधिक प्रयोग हुन थालेको छ ।

विशेष गरी चाढपर्वहरु तथा खुशियाली मनाउदा माछामासुको परिकार पनि माँसहारीका लागि अपरिहार्य जस्तै वन्न थालेको छ । रंग तथा खुशियालीको पर्वका रुपमा लिइने पर्व होलीका अवसरमा पनि पुर्वीै नेपालका वजारहरुमा मासुको अत्याधिक माग भएको देखिन्छ । पुर्वका मासु पसलहरुमा विहानै देखि मासुका पारखीहरुको भिड लागेको देखिन्थ्यो । अन्य दिनका तुलनामा मासु खरिद गर्न आउनेहरुको संख्या अत्याधिक भएका कारण विक्रेताहरुलाई भ्याईनभ्याई भएको देखिन्छ ।

पुर्वको व्यापारीक केन्द्रका रुपमा रहेको इटहरी वजारमा रहेका मासु पसलहरुमा पनि मासु खरिद गर्नेहरुको अत्याधिक भिड देखियो । धेरै जसो पुर्वका वजारहरुमा खसीको मासुको माग अत्याधिक रहेको र कुखुरा ,वँगुर लगायतका मासुहरुको समेत माग अन्य समय भन्दा वढी हुने विक्रेताहरु वताउछन । कतिपय मासु खरिद गर्न आएका मानिसहरुले भिड धेरै भएका कारण घण्टै पर्खनु परेको भन्दै गुनासो गरिरहेका थिए । त्यसै गरी सुनसरीकै झुम्का , इनरुवा , धरान साथै पुर्वका अन्य वजारहरुमा समेत मासु किन्न आउनेहरुको उल्लेखिय भिड देखिन्छ ।

कतिपय चाढपर्व मनाउदा तथा खुशियाल साटसाट गर्ने समयमा मासुका पारखीहरुका लागि मासुका परिकार अपरिहार्य जस्तै वन्दै गएका कारण पुर्वमा चाढपर्वको समयमा अन्य समय भन्दा वढी मासुको माग हुने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया