इटहरी । प्रदेस नम्वर १का मुख्यमन्त्री शेरधन राई प्रदेस नम्वर १ लाई मुलुककै नमुना प्रदेस वनाउन सवैले आआफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका छन ।

सुनसरीको झुम्कामा झुम्का जेसिजको नव निर्मित भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले विश्वका विभिन्न महत्व राख्ने क्षेत्रहरु समेत रहेका कारणले पनि सम्भावना बोकेको प्रदेस भएको वताएका हुन । उनले विश्वको सर्वच्च शिखर सगरमाथा, होचो अरुण उपत्यका देखि चिया र गुराँसको राजधानी समेत प्रदेस नम्वर एकमा रहेको उल्लेख गरे । मुख्य मन्त्री राईले उत्तरी छिमेकी चिनी र दक्षिणी छिमेकी भारतसंग मात्र नभएर नजकिका छिमेकी मुलुकहरु बगंलादेश र भुटानसंग पनि सहज रुपमा सम्वन्ध राख्न सकिने वताए । अवको समय आर्थिक विकास र समृद्धिको भएको भन्दै प्रदेस नम्वर १लाई भातृ निकायहरुले समेत सकारात्मक रुपमा हेरिरहेकाले पनि समृद्धिका लागि सबैले लाग्नु पर्नेमा राईको जोड रहेको थियो । प्राकृतिक विविधतता भएको प्रदेस नम्वर १मा हिमाल पहाड र तराईका प्राकृतिक स्रोत साधनले धन प्रदेस भएकाले समेत नमुना प्रदेस वनाउन सकिने मुख्य मन्त्री राईको तर्क रहेको थियो ।

तपाईको प्रतिक्रिया