इटहरी । पूर्वी नेपालका विभिन्न शहरहरुमध्ये प्लाष्टिक निषेधित अभियानमा छुट्टै पहिचान बनाउन सफल भएको इटहरीमा केही बर्ष पुनः प्लाष्टिक प्रयोग यदाकदा देखिन थालेपछि उद्योग बाणिज्य सङ्घले चिन्ता ब्यक्त गर्दै पुन बजारमा कडाई गरिने विषयमा छलफल गरी अभियान सुरु गर्ने भएको छ ।
पर्यटन र बातावरण संरक्षणको पक्षमा क्रियाशील सामाजिक अभियानकर्मी एवम सञ्चारकर्मिहरु समेतले प्लाष्टिक प्रयोगले सुन्दर सफा हरियाली र स्वच्छता र हराभराको नामले परिचित बन्दैगएको इटहरी कुरुप त बन्ने होईन भन्न थालेपछि सङ्घले त्यसप्रति चिन्ता ब्यक्त गर्दै छलफल कार्यक्रमको आयोजना गरेको हो ।
उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवम प्रदेश साँसद लिलम बस्नेतको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा सङघका बरिष्ठ उपाध्यक्ष शैलेस विष्टले प्लाष्टिक झोला अनि प्लाष्टिक गिलासमा तातो पद्धार्थ हालेर प्रयोग गर्नाले मानिसको स्वास्थ्यमा घातक रोग क्यान्सर लगायतका सङ्क्रमण फैलने पुष्टि भई सकेकाले अव त्यसको प्रयोगमा कडाई गर्नु परेको बताए ।
त्यसका लागि इटहरी उपमहानगरले आम ब्यापारीलाई लक्षित गरि प्लाष्टिक प्रयोगमा पूर्ण रोक लगाउन र इटहरी प्रवेश गर्दा प्लाष्टिक प्रयोग नगर्न सचेत बनौ भन्ने जस्ता जानकारी दिने स्टिकर तथा चारै तर्फ होडिङ्ग वोर्ड राख्न तथा ब्यापारीहरुलाई प्लाष्टिक प्रयोग नगर्न सचेत गराउने गरी सूचनामुलक सामाग्रीहरु जारी गर्न पनि आग्रह गरेका थिए ।
त्यस अवसरमा उप महानगरका बातावरण अधिकृत पुष्पनारायण चौधरीले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने काम वा सेवा उपलब्ध गराउनु पनि ज्यादती र अपराध हुने भएकाले प्लाष्टिक गिलासमा तातो खुवाउने अनि बाताबरण विनासमा प्रतिकुल प्रभाव पार्ने प्लाष्टिक प्रयोग निषेध अभियानलाई कडाईकासाथ निगरानी राख्नु पर्ने ा बताए ।
कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर अधिकारीले इटहरी र यस आसपासका क्षेत्रको प्लाष्टिक निषेध अभियानमा पूर्ण कडाई गर्ने अभियानमा सक्रियतापूर्वक सघाउ पु¥याउने जानकारी दिए ।
सो कार्यक्रममा नागरिक समाजका अध्यक्ष कमलेसशर्मा पौडेल ब्यापारीहरु गायत्री भण्डारी,उमेश दाहाल,कमल पौडेल,टंक खनाल भाृला निरौला लगातको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया