इटहरी । विद्यार्थीहरुले अध्ययन गरिरहेका विषयहरुलाई समावेश गरि सुनसरीको इटहरीमा रहेको कोशी सेन्ट जेम्स आवासीय माध्यमिक विद्यालय इटहरीले कोशी बृहत प्रर्दशनीको आयोजना गरेको छ ।

विद्यार्थीहरुले हासिल गरेको सिप र ज्ञानलाई प्रस्फुटन गराउदै उत्साहित वनाउन आयोजना गरिएको बृहत प्रर्दशनीमा विद्यार्थीहरुकै सहभागितामा तयार पारिएका विभिन्न विषय सम्वन्धी सामाग्रीहरु प्रर्दशनीमा राखिएका थिए । विद्यालयमा कक्षा नर्सरी देखि स्नातक तह सम्मका विद्यार्थीहरुले समुहगत रुपमा तयार पारिएका विज्ञानका साथै अन्य विषय सम्वन्धित सामाग्रीहरु प्रर्दशनीमा राएिका थिए । विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्रीहरु रहेका एक सय आठ स्टलको अन्य विद्यालयका विद्यार्थीहरुका साथै अभिभावकहरुले अभिरुचि सहित अवलोकन गरेका थिए । विद्यार्थीहरुले तयार पारेका सेन्सर जडित ढोका देखि लिएर पानीबाट विद्युत उत्पादन गर्ने विज्ञान सम्वन्धी सामाग्रीका साथै नेपाली ,व्यवस्थापनका साथै अन्य पाठ्यक्रम अनुसारका तयारी पारिएको विद्यालयका प्रध्यानाध्यक रामकुमार कालाखेतीले जानकारी दिए । विद्यालयहरुले गर्ने प्रर्दशनीमा विज्ञानका विषयवस्तुहरु मात्र समावेश हुने गरेकोमा आफुहरुले पहिलो पटक सवै विषयसंग सम्वन्धित सामाग्री विद्यार्थीहरुकै सहभागितामा तयारी पारी प्रर्दशन गरिएको प्रअ कालाखेतीले वताए । समुह वनाएर विद्यार्थीहरुले काम गर्दा सकारात्मक सन्देश जाने समेत आफुहरुले विश्वास गरेको समेत उनको कथन रहेको थियो । प्रर्दशनी अवलोकनका लागी आएका अभिभावकहरु समेत आफना सन्तानहरुले तयारी पारेका सामाग्रीहरु देख्दा दगं परेका थिए । विज्ञानसंग जोडिएका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका विद्यार्थीहरु स्रोत साधन भएर आफुहरुले नमुनाका रुपमा वनाएका सामाग्रीहरु उपयोग गर्न सक्ने सामाग्रीहरु उत्पादन गर्न सक्ने दावी गर्दछन । एक दिने प्रर्दशनीका लागी विद्यालयले १२लाखका खर्च गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया