झापा । झापाको बिर्तामोडस्थित बी एण्ड सी शिक्षण अस्पतालले सञ्चालनमा ल्याउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पताल प्रालिले अत्याधुनिक उपकरण ल्याउने भएको छ । अस्पताल परिसरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिइएको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईं र भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता तथा आनन्दकुमार सिंहबीच अत्याधुनिक उपकरण ल्याउने विषयमा सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दक्षिण एशियामै पहिलोपटक अत्याधुनिक उपकरण भित्र्याउन लागिएको अस्पतालले दाबी गरेको छ । मिशिन भित्र्यीएपछि क्यान्सरका बिरामीले उपचारका लागि विदेश जानु नपर्ने अस्पतालको दाबी छ ।
अमेरिकामै छ महिना अगाडि सुरु गरिएको हेल्सियोन र ट्रोबिम, फोर डी सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापी अस्पतालले भित्र्र्याउन लागेको उक्त मेसिन ल्याउन अस्पतालले ९० करोड रुपैंयाँमा सम्झौता गरेको कार्यकारी निर्देशक प्रसाईंले बताए ।
३ सय सैयाको अस्पतालले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बिएण्डसी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवले जानकारी दिए । यी उपकरण आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको भन्नेबारे थाहा हुने बताए ।
पूर्वान्चल क्यान्सर अस्पताल आगामी असारबाट सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण भइरहेको र चार महिनाभित्र सम्पूर्ण उपकरणसमेत आइसक्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
बिभिन्न विशेषज्ञ सेवासहित उपचार गर्दै आएको अस्पतालले क्यान्सरको मात्रै छुट्टै अस्पताल नै सञ्चालमा ल्याउन लागेको हो

तपाईको प्रतिक्रिया