इटहरी । सुनसरीको दुहवीमा वालवालिकाको पोषणको अवस्थाको विषयमा जानकारी लिन तथा पोषणयुक्त खानाका विषयमा जानकारी दिने उद्धेश्यले सञ्चालित स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

करुणा फाउण्डेशनको आयोजना तथा दुहवी नगरपालिकाको समन्वयमा सञ्चालित ५ वर्ष मुनिका वालवालिकाको पोषणको स्थीती पहिचान शिवीर दुहवीका १ देखि ६ नम्वर वार्डमा सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा १५सय जना जति बालवालिकाहरुको पोषणको अवस्थाका विषयमा जानकारी लिइएको तथा पोषण कम भएका बालवालिकाहरुलाई वालभिटा तथा पोषणयुक्त खाना खान सल्लाह दिइएको करुणा फाउण्डेशनका रमेश वरालले जानकारी दिए । सो अवसरमा वालवालिकाहरुको नाक,कान घाँटी सम्वन्धी विशेषज्ञ चिकित्सकहरुबाट समेत परिक्षण र निशुल्क औषधीको व्यवस्था समेत गरिएको थियो । शिविरमा बालवालिका लिएर आएका अभिभावकहरुले पोषणयुक्त खानाहरुका विषयमा जानकारी पाएको र कस्ता खाना वालवालिकालाई खुवादा फाइदा हुने विषयमा जानकारी पाएको समेत वताए । सो शिविर ८ गते देखि सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया