इटहरी । कोशी टप्पु वन्य जन्तु आरक्षका दरवन्दीका हात्तीहरु चितवन राष्ट्यि निकुञ्जमा काजमा पठाइएका कारण पर्यटकहरुको संख्या घटेको भन्दै आरक्षमै फर्काउनु पर्नेमा जोड दिन थालिएको छ ।

आरक्ष क्षेत्रमा आउने पर्यटकहरु हात्तीमा सयर गरी आरक्ष घुम्न रमाउने गरेपनि हात्तीको सख्या कम भएका कारण पनि पर्यटकहरु घट्न थालेको गुनासो वढन थालेको हो । आरक्षमा रहेका १० दरवन्दीका हात्तीहरु मध्ये चितवन लगिएका पाँच हात्तीहरु अझै फिर्ता नभएको तर आरक्षबाटै रासन खुवाउने गरीएको भन्दै ती हात्तीहरु आरक्षमै फर्काउन पहल गरिने आरक्षसंगै जोडिएको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए । उनले हात्ती सयर गरी अर्ना अवलोकनको सहज व्यवस्था मिलाउन सकिए पर्यटक वृद्धि हुने विश्वास समेत व्यक्त गरे । त्यसै स्थानीयवासीहरु समेत आरक्षका हात्तीहरु आरक्षमै फर्काउनु पर्नेमा जोड दिन्छन । यता आरक्षका संरक्षण अधिकृत श्यामकुमार सि­ंह कोशी टप्पुको क्षेत्रफल सानो भएको कारण हात्तीलाई आफै असज भई रहेको तथा आरक्षमै रहेका हात्तीका कारण जगंली हात्तीहरु आरक्ष क्षेत्रमा आएर क्षति पुर्याउने गरेको वताउछन ।

तपाईको प्रतिक्रिया