इटहरी उपमहानगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरूमा अध्यन्नरत बिद्यार्थि र शिक्षक बिच शिस्ट्रचार सम्बन्ध सुधार कायम राख्न “त ’ शब्द निषेध गरिएको छ ।
बिद्यार्थीलाई त नभइ तिमी सम्बोधन गर्ने अभियान इटहरीबाट शुरु गरिएको हो । अभियान शुरु भएसगै अब सामुदायिक बिद्यालयमा त शब्द निषेध हुने भएको छ । सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शिक्षक प्रअ लगायतले अध्यापन गराउदा अनिवार्य रुपमा तिमी संम्बोधन गर्न इटहरी उपमहानगरपालिकाको पहलमा अभियान शुरु गरिएको हो । शिक्षक र बिद्यार्थि्बिचको स्रिस्टचार सम्बन्ध सधै कायम राख्न र गुणस्तरीय शिक्षामा पहुच पुर्याउन इटहरी उपमहानगर क्षेत्रमा रहेका ३४ वटा सामुदायिक बिद्यालयहरूमा यो अभियान चलाइएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन ।
उक्त अभियानको सुरूवात इटहरी १७ पकली स्थित पकली उच्च मावीबाट गरीएको छ । कक्षा १० मा अध्ययनरत बिनु निरौला आफुहरुलाई खुसी लागेको बताउछीन ।पकली उच्च मावीको प्रध्यानाध्यापक हरीकान्त शाह ले अब उप्रान्त त नभनेर तिम ीभनेस सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।  सामान्यता शिक्षकहरुले बिद्यार्थीलाई त शब्द उचारण गर्दा सोभानिय नहुने भन्दै उपमेयर लक्ष्मी गौतमको पहलमा अभियान इटहरीका सबै सामुदायिक बिद्यालयमा अब लागु गरिने छ । उपमहानगरपालिकाका ३४ वटा बिद्यालयमा बालमैत्री शासन अनुसार आदारआर्थी शब्द प्रयोग गर्दा शिक्षा आर्जनमा सकरात्मक भुमिका खेल्ने भएकाले अभियान शुरु गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन । यस्तै बिद्यार्थीको मात्र अनुशासन नभई शिक्षकहरुको पनि अनुशासनको मुल्याकन राख्ने समेत अभियानको शुरुवात गरिने भएको छ । शिक्षकहरुमा पनि धेरै समस्या हुने भएकाले पठनपाठनमा बेलबेला बिद्यार्थीको गुनासो आउने गरेको कारण यो अभियान इटहरीमा रहेका ३४ वटा सामुदायिक बिद्यालयमा लागु हुने छ । z साथै उपमहानगरपालिकाले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तरलाई बढाउनु पर्नेमा जोड दिने बताइएको छ । त्यसको लागी पूर्वधार र सेवासुबिधाको बिषयमा भने उपमहानगरले पूर्णरुपमा सहयोग गर्ने बताइएको छ । अभियानलाई प्रभाबकारी र निरन्तर्ता दिन छड्के अनुगमन गर्ने समेत उपमहानगरपालिकाको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया