इटहरी । पुर्व क्षेत्रका अपागंता भएका बालवालिकाहरुलाई स्वास्थ्य सेवा दिदै आएको अपागं बाल अस्पताल तथा पुनस्थापना केन्द्रले प्रदेस नम्वर १ को इटहरीमा आफनै भवन वनाउने भएको छ ।

ीवगत ११ वर्ष देखि पुर्वी नेपालको इटहरीबाट समेत अपागंता भएका बालबालिकाहरुलाई स्वास्थ्य सेवा दिदै आएको अपागं बाल अस्पताल तथा पुनस्थापना केन्द्र काभ्रेले प्रदेस नम्वर १मा इटहरीमा अस्पतालको भवन वनाउन लागेको हो । अपागंता भएका बालवालिकाहरुलाई स्वास्थ्य सेवा दिदै आएको सो अस्पतालले इटहरीमा समय सयममा निशुल्क शिवीर सञ्चालन गरी सेवा दिदै आएको इटहरीमा रहेको अस्पतालका प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए । सो अस्पतालले अपागंता भएका विपन्न वर्गका बालवालिकाहरुको शिविर मार्फत पहिचान गरी सुविधा सम्पन्न काभ्रेमा रहेको आफनै अस्पतालबाट जटिल प्रकारका अप्रेसन सेवा समेत निशुल्क उपलव्ध गराउदै आएको समेत प्रमुख अधिकारीले जानकारी दिए ।

विहीवार पनि इटहरीमा बालवालिकाहरुको स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा अप्रेशन गर्नु पर्ने अवस्थाका ३० जना बालवालिकाहरुलाई विराटनगरमा रहेको नोवेल अस्पालमा विशेषज्ञ चिकित्सकहरुबाट अप्रेशन गराउने समेत जनाइएको छ । शिविरमा आएका एक सय पचास जना जति बालवालिकाहरु मध्ये जटिल प्रकारका अप्रेशन गर्नु पर्ने अवस्था रहेका ३० जनालाई निशुल्क सेवा दिने जानकारी गराईएको छ । विगतमा अप्रेशन गर्नु पर्ने विरामीका लागि निशुल्क सेवा सहित खाने वस्ने व्यवस्था गर्दै आएपनि यस पटक भने खानको व्यवस्था आफै गर्न भर्नु परेको इटहरी अस्पतालका प्रमुख अधिकारीले वताए । स्वास्थ्य शिविरमा हाडजोर्नी तथा हात रोग सम्वन्धि विशेषज्ञ चिकित्सक सिलु श्रेष्ठ, डाक्टर राजेन्द्र अर्याल, डा पवन रावल लगायतको विस जनाको टिमले सेवा प्रदान गरिरहेको छ । शिविर तथा अस्पतालको निरिक्षणका लागि प्रदेससभा सदस्य लिलम बस्नेत इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी , उपप्रमुख लक्ष्मी गौतम पुगेका थिए । सो अवसरमा उपप्रमुख गौतमले अस्पतालको कामको खुलेर प्रशंसा गर्दै भवन निर्माणका लागि सवैलाई सहयोग पुरयाउन अनुरोध समेत गरिन । इटहरीमा निर्माण गर्न लागि अपागं बाल अस्पात तथा पुर्नस्थापना केन्द्रको भवन निर्माण समितिका अध्यक्ष दिनेश रसाईली र उद्धव कुमार राईले ८ कठ्ठा ३ धुर उपलव्ध गराइएको भवन निर्माण समितिका रामचन्द्र आचार्यले जानकारी दिए । अस्पात तथा पुर्नस्थापना भवन निर्माणका लागि अनुमानित १२ करोड लाग्ने भएकाले दाताहरुलाई सहयोग लागि आग्रह समेत शिविर उद्घाटन सत्रमा भवन निर्माण समितिका अध्यक्ष रसाईलीले गरे ।

तपाईको प्रतिक्रिया