फागुन, इनरुवा। इनरुवाको शान्तिचौकमा रहेको कलेज अफ सफ्टवेयर एण्ड हार्डवयर इन्जिनियरिङ्गले बर्जु गाउपालिका वडा नं. ४ मा सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ। बर्जु गाउपालिकाको वित्तिय सहयोगमा सञ्चालन हुन आएको उक्त सीपमुलक तालिम बेरोजगार युवायुवतिहरुलाई लक्षित गरिएको हो। कम्प्युटर हार्डवेयर मर्मत विषयक सीप मुलक तालिम कुल ४० जना बेरोजगार युवायुवतिहरुलाइ दिन लागिएको हो। बर्जु गाउपालिकाको वडा नं. ४ अमडुवामा सञ्चालन हुने उक्त तालिमको अवधि एक महिना रहेको जानकारी सहजकर्ता रमानन्द शर्माले गराउनुभएको हो।

सिटिईभिटीबाट सम्बन्धन प्राप्त कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङ्गले उक्त तालिम सिटिईभिटीको पाठ्यक्रम अनुसार सञ्चालन गर्ने जानकारी संस्थाका प्रबन्ध निर्देशक बिरेन्द्र शाहले जानकारी दिनुभएको हो। “हामीले भर्खरै यहा बाहेक सुनसरीको चतरामा व्यावसायिक तथा सीप विकास कार्यालय इटहरीको वित्तिय सहयोगमा ४० जना युवायुवतिहरुलाइ सुरक्षा गार्ड सम्बन्धि तालिम तथा इनरुवामा नै २५ जना महिलाहरुलाई राष्ट्रियपति महिला उत्थान कार्यक्रम अनतर्गत कम्प्युटर अपरेटर तालिम सञ्चालन गर्न लगेको हो।” उहाले थप्नु भयो।

 

तपाईको प्रतिक्रिया