इटहरी । इटहरी उपमहानगरपालिका १ स्थित शान्ति विकास टोलमा सञ्चालनमा रहेको हाँसपोसा एकेडेमीले एघारौ स्थापना तथा अभिभावक दिवशको आयोजना गरि विविध साँस्कतिक कार्यक्रम सहित जातीय भेषभूषा एवम नेपाली मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले शैक्षिक उन्नयनसँगै नेपालको लोक सस्कृति जगेर्ना गर्ने उद्देश्यले विविध कार्यक्रमलाई जोड दिँदै बालबालिकाहरुमा स्वस्थताका लागि शारिरीक अभ्यास हुने खेलकुद लगायतका का

र्यक्रममा विजेताहरुलाई पुरस्कार समेत प्रदान गरेको छ ।
शिक्षा अधिकारी भुपेन्द्रप्रसाद कोईरालाको प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा विद्यायलका कार्यकारी निर्देशक समरबहादुर कार्कीले विद्यालयद्धारा सञ्चालित विभिन्न अतिरिक्त क्रियाकलाप ,शैक्षिक गतिविधि खेलकुद र अन्य सामाजिक क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सोही असवसरमा विद्यार्थीहरुद्धारा विभिन्न गीत, सङ्गीत, कला, एवम नृत्य प्रस्तुत सहित विद्यालयका बार्षिकोत्सव कार्यक्रमलाई रोजक बनाउने कार्यक्रमहरु समेत देखाईएको थियो । विद्यालयका प्रधानाध्यापक सुषमा कार्कीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा शिक्षक अभिभावकहरुबीच पनि रोचक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । साथै सो अवसरमा रामु राई, भूपाल नेपाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया