इटहरी । नर्बेजियन शिक्षासेवी ९० बर्षीय नागरिक रल्फको नेतृत्वमा सुनसरी आएको पाँच सदस्यीय टोलीले आज इटहरी क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सहयोग प्राप्त गरी अध्ययनरत बालिकाहरुसँग शैक्षिक क्रियाकलापका विषयमा साक्षात्कारसँगै मनोविज्ञानका विषयमा बुझेका थिए ।
विगत १० बर्ष अघिदेखि नर्वेजियन शिक्षासेवी रल्फ र उनका पारिवारिक सहयोगीहरु समेतको सक्रियतामा सुनसरी र मोरé जिल्लाका ५४ जना बालिकाहरु लाई सेभ द चिल्ड्रेन मार्फत उप्का नेपालको सहयोगमा शैक्षिक सहयोग प्राप्त गर्दै आएको उप्का नेपाल धरानकी कार्यकारी निर्देशक सकुन्तला सुब्बाले जानकारी दिइन ।
सडक बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उप्का नेपालले सेभ द चिल्ड्रेन मार्फत नर्वेजियन शिक्षासेवी रल्फ र उनको सहयोगीहरु मार्फत किशोरी शिक्षा कार्यक्रम मार्फत धरान, भेडेटार, पथरी र इटहरीका बालबालिकाहरुले शैक्षिक छात्रबृत्ती प्राप्त गर्दै आएको पनि जानकारी दिएको छ ।
उप्का नेपालको प्रत्यक्ष सम्पर्कमा रहेका गरिव एवम विपन्न समुदायका ३१ जना बालबालिकाहरु इटहरीको जनता, कवीर, सरस्वती र कचना माविको विभिन्न कक्षामा अध्यापनको सुविधा दिइरहेको उप्का नेपाल इटहरीका सुपरभाइजर राम नेम्वाङ्गले बताए ।
सहयोगदाता रल्फ सहितको टोलीले बालिका मीनु विक, समीक्षा भण्डारी, अनिता काकीडोली ,अनिषा कार्कीडोली र प्रमिला पोद्दारसँग उच्च शिक्षासम्मको अध्ययनपछि के गर्ने योजना वा सोचाई रहेको छ भनेर साक्षात्कार समेत गरेका थिए । त्यस अवसरमा सेझ द चिल्ड्रेन प्रदेश १ र २ को परियोजना प्रवन्धक अजय कान्तले सहजीकरण गरेका थिए ।
सोही कार्यक्रममा नर्वेजियने टिमलाई उप्का नेपालल सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया