नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन राष्ट्रिय युवा जनस्वयमसेवकको विराटनगरमा दुई दिनअघि आयोजित तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा नेताहरु पक्राउ परेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको आँशिक प्रभाव परेको छ ।

नेकपा विप्लव समुहको पार्टी स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शन तथा पार्टी पोलिटाब्यूरो सदस्य पदम राई लगायतका नेता कार्यकर्ता पक्राउ गरेको भन्दै बर्तमान सरकारको दमन एरोल

वम धरपकडको विरोध गर्दै बन्द आह्वान गरेको छ ।

नेकपा विप्लव समुहको बन्द आह्वानका कारकण सडकमा नीजि सवारी साधनसँगै अत्यावश्यक सेवाका सवारी साधनहरु चलिरहेका छन । तर भाडाका सवारी साधन भने सडकमा चलेका छैनन । त्यसैगरी शैक्षिक प्रतिष्ठान उद्योग कलकारखाना र बजारमा पनि आँशिक प्रभाव परेको पाईएका छन ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले सुनसरीको धरानबाट उत्तर पहाडी क्षेत्र धनकुटा सङ्खुवासभा तेह्रथुम भोजपुर जिल्लातिर जाने सवारी साधन नचलेको तथा सुनसरीको इटहरी भएर चल्ने भाडाका सवारी साधनहरु पनि नचलेको ट्राफिक प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया