इटहरी । नेपाल दयानन्द बैद्धिक मिशन ग्लोबल एकेडेमी (डीभीएम) बिद्यालय इटहरीले पाठ्यपुस्तकमा शिक्षण सिकाई भएका विषयलाई ब्यहारिक प्रयोगसँगै नयाँ अनुसन्धानमा अभ्यस्त गराउन एकदिने विज्ञान प्रदर्शनी सञ्चालन गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले आ आफ्नो कक्षागत पाठ्यक्रम अनुसार विज्ञान विषयमा खोज तथा अनुसन्धानका पाठहरुमा भनिए झै ती वस्तुहरुको अनुसन्धान एवम प्रयोगबाट कसरी मानव जीवनलाई सहज तुल्याउन सकिन्छ भनेर शिक्षण सिकाईका लागि उक्त विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

प्रदेश १ को शैक्षिक केन्द्रका रुपमा द्रुत गतिमा विकास भएको इटहरीको यस डीभीएम विद्यालयमा अध्ययनरत बालबालिकाहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने हाईड्रो उत्पादन सम्वन्धि उपकरण प्रयोग विधि, लिफ्ट डोजर पानीबाट उड्ने रकेट विद्युतीय पानी जहाज हावाबाट चल्ने पङ्खा, रोवट, रिमोटबाटा चल्ने विभिन्न सामान लगायतका नयाँ प्रविधिहरु निर्माण गरेर प्रदर्शनीमा राखिएको छ ।

विद्यार्थीहरुले तयार पारेको विज्ञान, प्रविधि, कला, संस्कार, संस्कृति, लगायतका विषयमा पाठ्यपुस्तकमा अध्ययन गरिएका विषयलाई प्रत्यक्ष सम्लग्नतामा ब्याट्री तार कार्टुनका सामग्री पानीको बोतल, सिरिञ्ज ,पाईप लगायतका वस्तुहरु प्रयोग गरेर विज्ञानका नयाँ आविष्कारहरु तयार पारेर अभिभावक र शिक्षकहरुलाई नै लोभ लाग्ने गरी विद्यार्थीहरुले नयाँ प्रविधीहरुको प्रदर्शनीमा राखेर दक्षता प्रस्तुत गरेका थिए ।

त्यसका लागि विद्यालयका तर्फबाट २ लाख रुपियाँको सामग्री जुटाई दिएको तथा विद्यार्थीहरुको अभिभावकहरुका तर्फबाट पनि अन्य आवश्यक सहयोग उपलब्ध गराएको विद्यार्थीहरुले जानकारी दिँदै विज्ञानले आविष्कार गरेका विषयमा मानिसको ब्यवहारिक जीवन सरल तुल्याउन प्रयोगमा आएका नयाँ बस्तु उत्पादन गर्न सक्षमता प्रदान गर्ने कला सिकाईएका प्रधानाध्यापक बेणु सिटौलाले जानकारी दिए । उनले यो प्रविधि सम्बन्धि प्रयोगात्मक ज्ञान हाँसिल गर्ने कला सिकाउन निरन्तरता दिईने समेत जानकारी दिए ।

प्रधानाध्यापक सिटौलाले विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थी र अध्यापनरत २५ शिक्षक शिक्षिकाहरुको समेत अहोरात्र मिहेनत एवम लगानीबाट विज्ञानसँग सम्वन्धि नयाँ आविष्कारलाई बिद्यार्थीहरुले ब्यवहारिक जीवनमा असल शिक्षण सिकाईका रुपमा लिन सकुन भनेर यस्तो अभ्यास गराईको पनि प्रधानाध्यापक सिटौलाले थप जानकारी दिए ।

विद्यार्थीहरु बेविका पौडेल, प्राप्ती दङ्गाल, श्रीजा ढकाल, अस्मित श्रेष्ठ, अच्युत कार्की, राजु खुलाल लगायतले विज्ञान विषयमा भनिएका विषयलाई आफ्नै हातले ब्यवहारिक प्रयोगमा ल्याउन सकिने गरी सिर्जनामा सहभागिता बन्दा धेरै ज्ञान प्राप्त गर्न र नयाँ आविष्कार सम्वन्धि दक्षता प्राप्त गरेको बताएका छन । विद्यार्थीहरुले यस प्रकारको अवसरबाट शिक्षण सिकाईमा समेत राम्रो अभ्यास प्राप्त भएकोमा खुशी समेत ब्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया