मेघराज तामाङ
संखुवासभ  ।  जिल्ला अस्पताल खाँदबारीका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । ६७ औं प्रजातन्त्र दिवसको अवसरमा संखुवासभा उद्योग वाणिज्य संघले आइतबार फलफूल वितरण गरेको हो । अस्पतालमा उपचाररत २१ जना बिरामीलाई फलफूल बितरण गरिएको हो । उनीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, संघका अध्यक्ष युवराज शाक्य, नेपाल रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोज कुमार बज्रचार्य लगायतले फलफूल वितरण गरेका हुन् ।
फलफूल वितरण गर्दै संघका अध्यक्ष युवराज शाक्यले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए भने उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

 

तपाईको प्रतिक्रिया