प्रतिक÷ गोपाल पोखरेल

विराटनगर । बैङकका कर्मचारीको मिलेमतोमा २३ करोड राजस्व अपचलन भएको बिषयले यतिबेला विराटनगर गर्माएको छ । कयौ उद्योगिहरु यो अपचलनाई बैधानीकता दिने प्रयास गरिरहेका छन । घटना हो । विराटनगर भन्सार कार्यलय परिसरको । विराटनगर भन्सार क्षेत्र यतिखेर करिव २३ करोड रुपैयाँ राजस्व बैङकका कर्मचारीको मिलेमतोमा अपचलन भएको तातेको छ । विराटनगर भन्सार कार्यलय विराटनगर सरकारी कोषमा दाखिला गर्ने गरि उठाएको करिव २३ करोड रुपैयाँ राजस्व बैङकका कर्मचारीको मिलेमतोमा अपचलन गरि फरार भएका छन । भन्सार एजन्ट संघका उपाध्यक्ष शुरेस वोहोरा र उनका दाई ललित बोहोराले रानी भन्सार कार्यालय विराटनगरले राजस्वमा दाखिला गर्न पठाएको रकम भन्सार कार्यालय परिसरमा रहेको वाणिज्य वैंङक ड्राइपोर्ट शाखाका कर्मचारीको मिलेमतोमा अपचलन गरेको बिषय सार्वजनिक भएको हो । भन्सारबाट हुने प्रत्येक कारोवारको नगद वा गुड फर पेमेन्ट गरि राजस्व बुझाउने ब्यवस्था रहिआएको छ । तर बोहोरा दाजुभाइले वाणिज्य वैङकका कर्मचारीसँगको मिलेमतोमा राजस्वमा दाखिला गर्नुपर्ने रकम नगद वा गुड फर पेमेन्टमा नबुझाई एकाउण्ट पेयी चेकमा बुझाउदै आएका थिए ।
तर वाणिज्य वैङकको कर्मचारीको मिलेमतोमा एकाउण्ट पेयीमा बुझाएका भन्सार महसुल एकपछि अर्को गर्दै वाउन्स हुन थालेकाकारण सरकारी रकममा संगठित
रुपमा अपचलन भएको रहस्य बाहिर आएको हो ।
अहिले विराटनगर भन्सार एजेन्ट घका अध्यक्ष विजेन्द्र परासर र अविनास वोहोरा बोहोरा दाजुभाइले अपचलन गरेको प्रकरण सामसुम पार्न लागिपरेको स्रोतले बताएको छ । बोहोरा दाजुभाइलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उद्योगी आनन्द जाजुले केस मिलाउन ५ करोड रुपैयाँ दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरुले राजनीतिक प्रभाव समेत उपयोग गरि केसलाई सामसुम पार्न प्रयास गरिरहेको बताईएको छ । स्रोतको भनाई अनुसार वोहोरा दाजुभाइले अपचलन गरेको रकम जाजु, परासर र बोहोराले समेत प्रयोग गरेका थिए। त्यसकारण पनि उनीहरु रकम दिनेदेखि केस मिलाउन समेत अघी सरेको बताईएको छ । यसबिषयमा बुभ्न खोज्दा सम्बन्धित कसैसंग समेत सम्पर्क हुन सकेन । यता विराटनगर भन्सार प्रमुख मिमंश अधिकारी सो बिषयमा आफु अनबिज्ञ रहेको बताउछन । उनलेभने,‘ खै मलाई थाहा छैन यो बैक संगसम्बन्धित कुरा हो । उता बैकका अधिकृत तोर्ण बहादुर राउतलाई मोरङ प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया