इटहरी उप–महानगरपालिकाको मुख्य बजार क्षेत्रबाट पानी निकासका लागि बनाईएका ढल छोप्न प्रयोग गरिएका ढकन फुटेर बनेको खाल्डो र सडकको खाल्डो नै शहर बजारको दुर्घट्नाको मुल कारण बन्दै गई रहेको छ ।
इटहरी उप–महानगरको मुख्य बजार क्षेत्रका ढल सफाईका लागि ढकन निकाल्दा फुटेको र कतिपय स्थानका ढकन नै नभएका कारण सडकमा चलाईने सवारी साधन ती खाल्डोमा पर्दा दुर्घकट्ना भई मानिस घाईते बन्ने क्रम तिव्र गतिले बढिरहेको स्थानीयवासी मिलन श्रेष्ठले गुनासो गर्नुभएको छ ।
इटहरी चोकबाट दक्षिण विराटनगरतिर जाने मुल सडकमा रहेको खाल्डो अनि चोकदेखि उत्तरपट्टि रेयुकाई चौतारो नजिकै रहेको खाल्डो निकै जोखिमपूर्ण रहेको स्थानीयवासीले उप महानगरलाई पटक पटक जानकारी गराउँदा पनि मर्मत गर्ने कार्यमा चासो नराखिदा दुर्घट्ना बढिरहेको छ ।त्यतिमात्र होईन नगरको मुख्य चोक क्षेत्रका शोभा मानिने इटहरीकै सुन्दरताको प्रतिकका रुपमा रहेका रेलिङ्ग टुटेर भाँचिएर यत्रतत्र ढलेको तथा कतिपय रेलिङ्ग सडकबाटै बेपत्ता भएको तर्फ समेत निर्वाचित वडा वा उप महानगरले ध्यान नदिदा मुख्य चोक क्षेत्र कुरुप र उप महानगरकलार्य गिज्याउने बिषय बनिरहेको नगरवासीले गुनासो गरिरहेका छन ।
सडक पेटीका ढल बिग्रिएपछि बनेका खाल्डो ढलको ढकन भाँचिएर ढलको दुर्गन्ध फैलिएर पैदय यात्रीहरुलाई नाक थुनेर हिँड्नु पर्ने अवस्था सिर्जना भई रहेको छ भने अर्को तर्फ दैनिक बढ्दो दुर्घटनाबारे पट पटक उपमहानगर र मुख्य बजार क्षेत्रका वडाध्यक्ष दिपक गौतमलाई समस्या सामधानका लागि पहल गरे पनि सुनवाई नभएको पनि स्थानीय नगरवासीले गुनासो गरेका छन ।

तपाईको प्रतिक्रिया