चन्दन रौनियार,फागुन ५ सुनसरी। सदैव सत्य एवं इमान्दारिताका साथ निष्ठाबान भइ कलम चलाइरहेका भन्दै मधेस मिडियाका केही पत्रकारहरुलाइ सम्मान गरिएको छ। अन्तर्राष्ट्रिय प्रेस क्लब भारतले अन्तर्राष्ट्रिय पत्रकार सम्मान समारोहको आयोजना गरी नेपालका प्रदेश नं.१,२,३,४ का पत्रकारहरुलाइ सम्मान गरेको हो । ‘नेपाल भारत मैत्री सुदृढीकरणमा पत्रकारको भुमिका’ बिषयक छलफल कार्यक्रमको उद्घाटन भा.प्र.से.का जिल्ला पदाधिकारी सुपोलका बैद्यनाथ यादबले गरेका छन। उनले “नेपाल भारतबिच रामायण महाभारत कालदेखि नै बेटिरोटिको सम्बन्ध रहेका कारण नेपालमा हुने भारतिय प्रतिको समस्या मुख्य नागरिकताका बिषय हुन जसलाइ कलमको सहयोगले समापन गर्न सकिन्छ भन्ने धारणा राखेका थिए । त्यस्तै उनले भारतिय मिडिया र सम्पुर्ण भारतबर्षले नै नेपालीलाई पनि यसरी नै सहयोग गर्ने बताए । “मुख्य अतिथी सेवा निवृत,जिल्ला एवं सत्र न्यायाधीश श्री अमरनाथ सहायले कलम जुन आफैमा परिपुर्ण छ । त्यसैले मिडियालाई राष्ट्रकै चौथो दर्जमा राखिएको बताए । कार्यक्रममा बोल्दै पत्रकार चन्दन रौनियारले मधेस र नेपालमा दलगत मिडिया हुने भएकोले पत्रकारहरु स्वतन्त्र हुन नसकेको बताए। यस्तै ABP न्युज कर्मी बिजय प्रसादले पत्रकारहरुको हितका लागि अन्तर्राष्ट्रिय संगठन इन्डो नेपाल नामक सस्था स्थापना गरिएको र यसको माध्यमले बिश्वका मिडियाकर्मिले खुलेर आफ्नो बिचार राख्न सक्छन भन्ने धारणा व्यक्त गरेका थिए । नेतृ प्रिति झाले देशमा नेतालाई राष्ट्रसेवक मानिन्छ तर नेताले पनि ल्याउन नसक्ने आमूल परिवर्तन एउटा कर्मनिष्ठ पत्रकारले ल्याउन सक्छन । भन्दै हरेक कुरामा संचारकर्मीको जरुरी रहने बताएइन।

कार्यक्रममा भारतको उक्त कल्बले नेपाल भारतका दर्जनौ संचारकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपालका मधेसी क्रियासिल पत्रकार चन्दन रौनियार (सुनसरी ), श्याम सुतिहार (मोरङ), हिरा शाह (मोरङ), उषा उराव (मोरङ), पदम सरदार (मोरङ), बिकास राजवंशी (झापा), नितेष चौधरी (झापा), अनिल बर्मा (बारा), जितेन्द्र अक्षत (धनुषा ) सबिर अालम (बारा), कुलदिप साह (धनुषा), गणेश कुमार शर्मा (सिरहा), पारसमनि ठाकुर (धनुषा) र निभा झा (धनुषा) रहेका छन्। त्यस्तै भारतका राजेश कुमार शर्मा अध्यक्ष भारत नेपाल सामाजिक सांस्कृतिक मंच, सह अध्यक्ष सशंक सुमन, चंदन कुमार, अरुण झा ,प्रमोद कुमार यादवलगायत रहेका छन्। यस्तै दुइ देशका पत्रकारलाई कदरपत्र सहितको समान गरेको छ । उक्त कार्यक्रममा नेपाल र भारतका ७० जना पत्रकारहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया