इटहरी । नेपालको ४५ प्रतिशत क्षेत्रफल बनजगंलले ढाकेको भएपनि विदेशबाट काठ आयत गर्नु परि रहेको बन पैदावर व्यवसायीहरुले गुनासो गरेका छन ।
सुनसरीको इटहरीमा नेपाल बनपैदावर उद्योग व्यवसायी महासंघ प्रदेस नम्वर १को भेलामा सहभागी बनपैदावर व्यवसायीहरुले नेपाली काठहरु नितीगत समस्याका कारण कुहिने भएपनि विदेशबाट काठ ल्याउनु परिरहेको गुनासो गरेका हुन । व्यवसायीहरुले तीन तहका सरकारले छुट्टाछुट्टै रुपमा कर लगाएर समस्यामा पार्ने होकी भनी आशंका समेत व्यक्त गरे । त्यसै गरी नेपालका वन जंगल तथा वन कार्यालयहरुमा काठहरु कुहिरहदा सरकारको राजस्व संकलन समेत प्रभावित वन्ने गरेको गुनासो समेत गरियो । उनीहरुले प्रदेस सरकार बनी सकेकाले प्रदेस सरकारले वनाउने निती नियम व्यवसायी तथा उपभोक्ता मैत्री वन्नु पर्नेमा समेत जोड दिए । प्रदेस नम्वर १ बनमा आधारित खनिज,जडीवुटी ,उद्योगधन्दाका साथै पर्यटन प्रवद्धनले विकास र समृद्धिमा सहयोग पुर्याउने भएकाले त्यस तर्फ सम्वन्धीत निकायको ध्यान जानु पर्नेमा समेत सहभागीहरुले आवाज उठाए । कार्यक्रममा नेपाल वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष श्यामकिशोर ढकाल, पदेस नम्वर १का वन सचिव किशोरचन्द्र गौतम , वन पैदावर उद्योग व्यवसायी महासंघका सल्लाकारद्धय केवश श्रेष्ठ, विजयकुमार कार्की लगायतले बोलेका थिए ।

साथै आजकै भेलाबाट राम लामाको संयोजकत्वमा नया कार्य समिती गठन भएको छ । समितीको वरिष्ठ उपाध्यक्षमा बाबुराम घिमीरे, उपाध्यक्षमा कुष्ण श्रेष्ठ, सचिवमा नारायण श्रेष्ठ, कोषाध्यक्षमा शम्भु कुमार थापा लगायतको समिती गठन भएको छ ।

तपाईको प्रतिक्रिया