इटहरी साहित्यिक समुह इटहरीले यस नगरको विकास एवम रुपान्तरणसँगै साहित्यक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका स्वर्गीय धरणीधर दाहालको स्मृतिमा स्थापित धरणीधर साहित्य प्रतिष्ठानले आज दुई जनालाई नगद सहित सम्मान गरेको छ ।

प्रतिष्ठानले सुनसरीका अग्रज साहित्यकार एवम कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम कलाकार मणि  गुरुङलाई विशेष कार्यक्रम सहित आज जनही २०–२० हजार नगद सहित सम्मान गरिएको छ । उहाँहरुलाई आफ्नो जीवनकालमा साहित्य सङ्गीत एवम कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बाले सम्मान एवम पुरस्कार प्रदान गनुहुँदै स्वर्गीय साहित्यकार धरणीधर दाहालले फइटहरी र यस क्षेत्रका अनुकरणीय साहित्यकर्मी एवम समाज सुधारक भएकाले उहाँप्रति हामी इटहरीबासीले सँधै सम्झना र सम्मान गर्नुपर्दछ भन्नुभयो । उहाँले साहित्यकार दाहालले इटहरी र यस क्षेत्रको उन्ती विकास एवम परिवर्तनका लागि अनुतलनीय योगदान पु¥याएको तथा इटहरीको मानव वस्ती विकासमा समेत उहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

इटहरी साहित्यिक समुहका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षतामा भएको उक्त साहित्यिक कार्यक्रममा लेखनाथ घिमिरे कवि बम देवान मणिराज गुरुङ्ग कृष्ण अधिकारी साहित्यका जीवी लुगुन लगायतले बोल्नु भएको थियो ।

उक्त पुरस्कार स्व. साहित्यकार दाहालका सन्तान पियुष, ज्ञानेन्द्र,राजेन्द्र अणु यक्ष तथा छोरीहरु प्रेमा इन्दिरा टङ्कमाया रेणु र पङ्जा दाहालले प्रतिष्ठान स्थापना गर्नुभएको हो । उहाँहरुले आफ्नो स्वर्गीय पिताको ९१ औ जन्मजयन्तिको अवसरमा उक्त पुरस्कार वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया