इटहरी । प्रदेस नम्वर १का मुख्यमन्त्री शेरधन राईले संघिय संरचना अन्तर्गत तीनवटै तहको सरकार बनिसकेकाले अव जनताको भाग्य र भविष्यको रेखा जनताले नै चुनेका हातहरुले गर्ने वताएका छन ।

सुनसरीको इटहरीमा निजामति कर्मचारी संगठन सुनसरीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राई देशमा स्थाई शान्ति र सुशासन कायम गरी विकास ,सुशासन र सम्पन्ताको दिसामा अघि बढ्नु पर्नेमा जोड दिएका हुन । प्रजातन्त्र ,गणतन्त्र र लोकतन्त्रका लागि भएका सघर्षबाट प्राप्त उपलब्धीहरु संविधानमा लेखेर संस्थागत बनाइ सकेकाले अव मुलुकलाई समृद्धिका दिसामा अगाडि वढाउनु पर्नेमा मुख्यमन्त्री राईले जोड दिए । सो अवसरमा निजामति कर्मचारी संगठन सुनसरीले निर्माण गरेको निजामति कर्मचारी आन्दोलनका समयमा ज्यान गुमाएका मmपेन्द्र कार्की र मनोज जोसीको शालिक अनावरण समेत तालतलैयामा निर्माण गरिएको चौतारोको समेत उद्घाटन गरे ।

तपाईको प्रतिक्रिया