इटहरीलाई पर्यटकीय केन्द्रका् रुपमा विकास गर्न विगत देखीनै धेरै कार्य र स्थानिय स्तरमा समितीहरु वनेका छन् । त्यही पर्यटन व्यवसाय संग प्रत्यक्षरुपमा जोडीएको होटल व्यवसाय र त्यसको छाता संगठन होटल व्यबसायी संघ इटहरीले आज तामझामका साथ तेस्रो कार्यसमितीलाई पदस्थापना गर्यो ।
प््रदेशीक राजधानिको रुपमा इटहरीको नाम आउने गरेको धेरै भई सक्यो, त्यसो त पुर्वको केन्द्रबिन्दुको रुपमा रहेको इटहरीमा होटल व्यवसायको प्रसस्त सम्भावना छ । सम्भावना हुदाहुदै पनि इटहरीमा ठुला लगानिका होटल खुल्न सकेका छैनन् ।
इटहरीलाई विकसीत वनाउने प्रयसका साथ इटहरीमा राष्ट्रिय स्तरका सम्मेलन गर्दा, सम्मेलनमा अएका अथिती राख्ने होटल तथा लजको समेत पर्यापता नभएको इटहरीका विभीन्न व्यवसाय गर्दै आएका व्यक्तीहरुको भनाई छ । इटहरी वितरक संघका महासचिव राजेस खनाल ।
मनिसहरुले होटललाई दोस्रो घरको रुपमा लिएर आउने भएपनि साकाहारी र मासांहरी खानालाई शतप्रतिशद छुट्याउन नसक्नु अर्को कमजोरी भएको खनालको भनाई छ ।
स्थानिय प्रसाशन र प्रहरी प्रशासनका पदाधीकारी फेरीदैपछ्छे नियम पनि फेरीने र आफुहरुले व्यवशाय पुर्णरुपमा सञ्चालन गर्न नसक्ने इटहरीका होटल व्यवसायी सुसील भट्राईको भनाई छ ।..
पर्यटक वाहीरवाट आउदा काहाँ वस्ने भन्ने समस्या अझै रहेको भन्दै इटहरीका होटल व्यवसायी र कामदारलाई तालिम दिन सके धेरै शेवा दिन सकीने अर्का होटल व्यवसायी दिपक पोख्रेलको भनाई छ ……।।।
यता तेस्रो कार्यकालकाल का लागी गएको माग १६ गते भएको निर्वाचनवाट इटहरी होटल व्यवसायी संघको अध्यक्ष वन्नु भएका जिवन पराजुलि होटल व्यवसायमा समस्या रहेको स्यीकार्दै अवको कार्यसमीतीले त्यसमा ठोस कदम चाल्ने वताउनु हुन्छ । स्थानिय प्रशासन संग सहकार्य गरेर होटलमा कस्ता व्यक्ती र जोडी वस्न पाउने निर्धारण गरी उक्त समस्या निराकरण गर्ने वताउनु हुन्छ…….
इटहरीमा व्यक्तीलाई अड्याउन विभीन्न पर्यटकिय स्थानको संयुक्त प्याकेजवनाएर स्टार होटल मार्फत सेवा प्रदान गर्ने पराजीलीको योजना छ ।
इटहरीलाई प्रदेशीक राजधानि वनाउन होटल व्यवसायको विकास हुनु जरुरी देखीन्छ । आफ्ना वाचा पुरा गर्दै ति काम भए देशको आम्दानि र रोजगारी दुवैमा सकारात्मक परीर्वतन आउनेमा दुईमत छैन ।

तपाईको प्रतिक्रिया