इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले खोला क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक पुर्वाधारहरु हटाउन थालेको छ ।

उपमहानगरपालिका क्षेत्र भएर बग्ने खोलाहरु अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाउने कार्य सुरु गरिएको हो । उपमहानगरपालिकाले इटहरी ५मा रहेको खेती खोला तर्फबाट अतिक्रमण हटाउन थालेको छ । उपमहानगरपालिकाले भौतिक संरचना भत्काउन थालेपछि केही स्थानीयले आफुहरुले जग्गा खरिद गरि भौतिक संरचना वनाउन थालेको गुनासो गरेका छन ।

इटहरी उपमहानगरपालिका जनप्रतिनिधिहरुको अग्रसरतामा खोलाको जग्गा खोजी गर्ने कार्य सुरु गरेको थियो । जस अन्र्तगत खोला क्षेत्र अतिक्रमण भएको ठाउँका पुर्वाधारहरु हटाउने काम सुरु गरेको उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले वताए । पहिलो चरणमा जग्गा खोजि गरिएको र अतिक्रमण भएको पाइएका ठाँउहरुका भौतिक संरचनाहरु हटाउने कार्य थालनी गरिएको र यसलाई निरन्तरता दिने समेत मेयर चौधरीले जानकारी दिए ।

इटहरी क्षेत्रमा खोला तथा खोला किनारा मिचेर भौतिक संरचना वनाउने क्रम नरोकिदा बाढीको समयमा ठुलो क्षति पुग्ने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले खोला क्षेत्रको जग्गा खोजी कार्य सुरु गरेको जनाउदै आएको थियो । गत श्रावण अन्तिम साता आएको बाढीका कारण पनि इटहरीमा जनधनको ठुलो क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया