इटहरी । प्रदेस नम्वर १ का मुख्य मन्त्री शेरधन राईले नयाँ शिक्षा निती वनाईनु पर्नेमा वताएका छन । सुनसरीको इटहरीमा प्याब्सन प्रदेस नम्वर १को प्रथम साधारणसभालाई सम्वोधन गर्दै मुख्य मन्त्री राईले आजको युगलाई दिसा निर्देशन गर्न सक्ने शिक्षा निती वनाइनु पर्नेमा जोड दिएका हुन । विकास र समृद्धि प्राप्तीका लागि मार्ग निर्देशन गर्न सक्ने व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्नेमा समेत मुख्यमन्त्री राईको तर्क रहेको थियो । प्रदेस नम्वर १को एक मात्र एजेण्डा विकास र समृद्धि भएकोले यो योजनालाई मुर्त रुप दिन सवैले आआफनो क्षेत्रबाट योगदान गर्न मुख्य मन्त्री राईले आग्रह गरे ।

मुख्य मन्त्री राईले देशको परिस्थिती कठिन र अप्ठ्यारोमा गुज्रि रहेको समयमा निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा लगानी गरी शैक्षिक उन्नयनमा योगदान पुरयाएको भन्दै निजी विद्यालय सञ्चालकहरुको प्रसंशा समेत गरे । कार्यक्रममा प्रदेस नम्वर १का सामाजिक विकास मामिला मन्त्री जिवन घिमीरे लगायत प्याब्सन आवद्ध विभिन्न व्यक्तिहरुले साधारणसभाको सफलताको शुभकामना मन्त्वय व्यक्त गरेका थिए । ।

तपाईको प्रतिक्रिया