इटहरी। हिन्दु स्वयम सेवक संघ नेपालले सुनसरीको इटहरी क्षेत्रका विद्यालयका विद्यार्थीहरुको व्यक्तिगत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

स्वामी विवेकान्द संस्कृति ज्ञान नामक पुस्तकमा समावेश गरिएका विषयवस्तुहरुलाई समेटेर वनाइएका प्रश्नहरु हाजिरी जवाफमा सोधिएका थिए । नेपालको इतिहास,भुगोल , धर्म संस्कृति सम्वन्धि ज्ञान मुलुक सो पुस्तक एक महिना अघि विद्यालयका विधार्थीहरुलाई अध्ययन गर्न दिएको र सो पुस्तकमा रहेका ८सय प्रश्न मध्येबाट छनौट गरिएका प्रश्नहरु सोधिएका थिए । हाजिरी जवाफमा प्रतियोगितामा विद्यार्थीहरु छुट्टा छुट्टै प्रश्न दिएर लिखित जवाफ लिएको थियो । सो प्रतियोगितामा सुषमा गोदावरी स्कुलकी छात्रा प्रसंशा कोइराला प्रथम, हिमाली बोडिगं स्कुलका अविनास मिश्र दोस्रो र गोदावरी विद्या मन्दिरका विशाल राना मगर तेस्रो भएका थिए । पहिलो हुनेले २१ नगद, दोस्रोलाई १५ हजार तेस्रो ११हजार र शान्त्वना हुने दस जनालाई एकएक हजार र प्रमाण पत्र प्रदान गरिएको स्वर्णबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया