प्रतिक श्रेष्ठ

विराटनगर, ३ फागुन ।
एमाले संसदीय दलका नेता शेरधन राईले आज १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा सपथ लिएका छन् । राईले बुधबार प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङबाट मुख्यमन्त्रीमा नियुक्त भएको पत्र बुझेका थिए । उनले आज वीरेन्द्र सभागृहमा आयोजना भएको औपचारिक समारोहमा प्रदेश प्रमुख तुम्बाहाङबाट सपथ लिएर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् संविधानको धारा १६८ को उपधारा १ बमोजिम राई मुख्यमन्त्री भएका राई मुख्यमन्त्री नियुक्त भएपछि राईले सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेको छ ।उनले पाँच सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।
मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका छन्

तपाईको प्रतिक्रिया