इटहरी । नेपालका ९६ प्रतिसत नागरिकहरुको भुमिसंग सम्वन्धी संस्कार संस्कृति र सम्पत्ती रहेकाले पनि भुमि सम्वन्धी प्रशासन चुस्त दुरुस्त र पारदर्सी र प्रविधिमैत्री वनाउन जरुरी रहेको भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले वताएका छन ।

इटहरीमा आयोजित प्रदेश १ र २ का भूमिसुधार तथा मालपोत अधिकृतहरुको दुई दिने पूजिगत लाभकर तथा जग्गा प्रशासन सम्वन्धि दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री दहितले भुमि प्रशासनलाई व्यवस्थ्ति वनाउनु पर्नेमा जोड दिएका हुन ।

भूमि सम्पत्तीसँग नागरिकहरुको सोझो सम्वन्ध रहेकाले यसलाई बढि पारदर्शी, विश्वासनीय र प्रविधिमैत्री बनाएर आम नेपाली जनताको विश्वास आर्जन गर्दै राष्ट्र समुन्नत र समृद्ध बनाउने मुख्य स्रोतका रुपमा भूमिलाई उपयोग गर्न सकिने समेत मन्त्री दहितले तर्क गरे । भूमि प्रशासनका क्षेत्रमा काम गर्ने सवैले इमान्दार भएर जनतासँग पारदर्शी र प्रविधिमैत्री बन्दै सहज रुपमा सेवा दिँदै भूमिको पूजिँगत लाभकर पारदर्शी विधि र पद्दतीबाट बैज्ञानिक ढङ्गले सञ्चालन गरि मुलुकलाई समृद्धि तर्फ अगाडि बढाउनु पर्नेमा समेत भुमिसुधार मन्त्रीले जोड दिए ।

कार्यशालाम पूजिगत लाभकर तथा जग्गा प्रशासन सम्वन्धि कार्यक्रममा विषयगत विज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत हुने ती विषयहरुमा मन्त्रालय विभाग र दुई वटै प्रदेशमा कार्यरत अधिकृतहरुबीच ब्यापक रुपमा छलफल गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको बताईएको छ । भूमिसुधार मन्त्रालय अन्तर्गत मालपोत र भूमिसुधार कार्यालयमध्ये २२ वटा कार्यालयमा प्रविधि प्रयोग भई सकेको र अरु बाँकी ४४ जिल्लामा पनि अर्को बर्षभित्रमका प्रविधि जडान गरि भूमिको बैज्ञानिक तथ्याङ्क प्रणालीका विकास गरि सक्ने योजना रहेको पनि कार्यशालमा जानकारी दिईएको छ

भूमिसुधार तथा ब्यवस्थापन विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त कार्यशालामा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरी मन्त्रालयका उपसचिव लिलानाथ दाहाल लगायतले बोलेका थियो ।

तपाईको प्रतिक्रिया