इटहरी । सुनसरी जिल्लाको दुहवी नगरपालिका क्षेत्रको कोशी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घट्नामा एक जना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घट्नामा अरु २ जना गम्भीर घाईते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
इटहरीबाट विरानटगर तर्फ जाँदै गरेको ना ३ ख ९८६० नम्वरको बसले सुनसरीको बराह नगरपालिका ६ का दुहवी सडक खण्डमा पैदल हिडिरहेका ५५ बर्षीय डेकराज रिजाललाई ठक्कर दिएपछि रिजालको घट्नास्थलमा नै मृत्यु भएको बताईएको छ ।
यसैगरी सोही बसको ठक्करबाट बराह नगरपालिका ६ कै ४० बर्षीय सन्तोष कोईराला र दुहवी नगरपालिका ४ का साईकल डो¥याएर हिँडिरहेका १७ बर्षीय राजन चौधरीलाई पनि बसले ठक्कर दिँदा उनीहरु दुवै गम्भीर घाईते भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।
गम्भीर घाईते दुवैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भई रहेको तथा उनीहरुको अवस्था चिन्ताजनक रहेको र बस तथा चालकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया