इटहरी । लामो समय देखि सुनसरी मोरगं सिंचाई आयोजनामा कार्यरत ज्यालादारी मज्दुरहरुसंग विगतमा गरिएको सहमति पालना नगरिएको भन्दै ज्यालादारी मज्दुरहरुले नगरमा पानी जान दिएका छैनन ।

आयोजना शुरु भएको समय तथा लामो सयम देखि नै कार्यरत ज्यालादारी मज्दुरहरुसंग ८ महिना अघि भएको सहमति कार्यान्वयन नगरिएको भन्दै आन्दोलनरत मज्दुरहरुले चतरा स्थित कोशी नदिमा पुरानो इन्टोकबाट नहर तर्पm पानी बग्न बन्द गरेका हुन।

आयोजनाको रेखदेख गर्दै आएका ज्यालादारी कर्मचारीहरुले आफ्नो उर्जाशील जीवन आयोजनाको काममा बिताए पनि जागिरको ग्यारेण्टी नभएको भन्दै मज्दुरहरु आन्दोलित भएका हुन । उनीहरुले तीन दिन देखि नहरमा पानी बग्न नदिई इन्टोकबाट नदि तफै पानी फर्कादिएका छन । आठ महिना अघि भएको सहमति पालना नभए सम्म आन्दोलन जारी राख्ने मज्दुरहरुले जनाउदै आएका छन । आन्दोलनमा उर्तिएका मज्दुरहरुले लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई श्रम ऐन अन्तर्गत स्थायी गरिनु पर्ने तथा कामबाट हटाउन नपाउने गरी जागिरको ग्यारेण्टी नभए सम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने जनाइएको छ । आयोजना अन्र्तगत लामो समय देखि अस्याथी ज्यालादारी कर्मचारीहरुसंग भएका सहमति कार्यान्वन नभए थप सघर्षका कार्यक्रम अघि बढाउने समेत उनीले वताए ।

सुनसरी र मोरङ्गका ६८ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुर्रयाउदै आएको नहरमा पानी नआएपछि अहिले गहुँ किसानहरु चिन्तीत वन्न थालेका छन । अहिले गहुँबालीका लागि पानी आवश्यक पर्ने समय हो ।

तपाईको प्रतिक्रिया