इटहरी । माओवादी केन्द्रका प्रभावशाली नेता जर्नादन शर्माले जनयुद्धका समयमा शहिदहरुले बगाएको रगत र बलिदानी संविधानमा निर्माणमा लगानी भएको बताएका छन ।
२३औं जनयुद्ध दिवसको अवसरमा पारेर वाइसिएल नेपाल प्रदेसन नम्वर १ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्र्दै शर्माले जनयुद्धका समयमा शहिदहरुले बगाएको रगत खेर नगएको वताएका हुन । संविधानले सवैको हक अधिकार स्थापित गरेकाले त्यसको सफल कायान्वयन गर्दै विकास निर्माण तर्फ अघि बढी समाजवाद तर्पm लाग्नु पर्नेमा समेत शर्माले जोड दिए । उनले जनयुद्ध सफल हुदैन भनेर धेरैले भनिरहेको समयमा राजतन्त्रलाई फाल्न जनयुद्ध सफल भएको दावी गरे । पुर्व गृह मन्त्री समेत रहेका शर्माले संविधान कार्यान्वयनको चरणमा रहेकाले संविधानको कार्यान्वयन गर्दै विकास निर्माणको दिसामा मुलुकलाई अघि वढाउनु पर्नेमा जोड दिए ।
फुटेज एफटिपी इटहरीमा छ ।

तपाईको प्रतिक्रिया