इटहरी । हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्री पुर्वी नेपालका हिन्दुधर्मालम्वीहरुले समेत विशेष धुमधामका साथ भगवान शिवको पुजाआरधना गरेर मनाइरहेका छन ।
विशेष गरी हिन्दुधर्मालम्वीहरुले शिवरात्रीका अवसरमा शिवालयहरुमा विहानै देखि पुजा आरधानाका साथै राती जाग्राम वसी मनाउने गरेका छन । अन्य वर्ष झै यस वर्षको शिवरात्री पनि भक्तालुहरु विशेष धुमधामका साथ मनाइ रहेका छन । अन्य समयमा समेत भगवान शिवको पुजाआरधना गरीने भएपनि शिव रात्रीलाई विशेष दिनका रुपमा मनाउने गरिन्छ। शिवरात्रीका अवसरमा विहानै देखि पुर्वी नेपालको खोटागंमा रहेको पुर्वका पशुपतिका नामले परिचित हलेसी महादेव , सुनसरीको पिण्डेश्वर , झापाको अर्जुनधारा , सप्तरीको शम्भुनाथ लगायतका शिवालयहरुमा विहानै देखि
पुजाआरधनाका लागि भक्तजनहरुको भिड लागेको छ । पुर्वका पशुपतिनाथको संज्ञा पाएको हलेसी धाममा पुर्वी नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत देखिका तिर्थालुहरु आउने गरेका छन । यहाँ शिवरात्रीका अवसरमा विशेष मेला लाग्ने समेत गरेको छ त्यसै गरी सुनसरीको पिण्डेश्वर , झापाको अर्जुनधारा र सप्तरीको सम्भुनाथमा समेत छिमेकी मुलुक भारत देखिका तिर्थका साथै साधुसंन्तहरु शिवरात्रीका अवसर पारेर विशेष पुजाअर्चनाका लागि आउने गर्दछन ।
सुनसरीको सदरमुकाम इनरुवामा रहेको प्रसिद्ध बालेश्वर शिव मन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ । इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा समेत केही वर्ष यता देखि शिवरात्रीका अवसरमा भक्तालुहरुको भिड लाग्न थालेको छ । त्यसै गरी सुनसरी सदरमुकाम इनरुवा ५ मा रहेको सर्भेश्वर शिव मन्दीरमा पनि हरेक वर्ष शिवरात्रीका अवसर पारेर विशेष पुजाआरधना गर्ने गरिए छ । पुर्वी नेपालमा विशेष गरी हलेसी , पिण्डेश्वर , अजुर्नधारा , सम्भुनाथ लगायतका प्रसिद्ध शिवालयहरुमा भक्तजनहरुको घुइचो लाग्ने गरेको भएपनि आफना नजीकका
शिवालयहरुमा समेत पुजाआरधना गर्ने भक्तजनहरुको धुइचो लागेको देखिन्छ । भक्तालुहरु राती अग्नी बालेर भने शिव भक्ती सहितका भर्जनकिर्तन गरी जाग्राम समेत वस्ने गरेका छन । विगतका वर्षहरुमा शिवरातीको समयमा गर्मी सुरु हुने गरेको भएपनि यस वर्ष भने पुर्वी तराईमा अहिले पनि जाडो रहेको छ । जाडो भएपनि विहानै देखि पुर्वी नेपालका शिवालयमा भक्तजनहरुको भिड लागेको छ ।

तपाईको प्रतिक्रिया