इटहरी । सुनसरीकाे इटहरीस्थित कस्तुरी उच्च मावीले साेमबार अाफ्नाे २० अाै बार्षिकाेत्सव बिभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेकाे छ ।इटहरी उपमहानगरका मेयर द्वारीकलाल चाैधरिकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा कलेजले बिभिन्न समयमा लिएकाे खेलकुद लगायत परिक्षाहरूमा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थिहरूलाृइ सम्मान गरेकाे थियाे ।

कलेजकाे २० अाै बार्षीकाेत्सवमा प्रमुख अतिथि मेयर चाैधरीले   कस्तुरी कलेज लगायतका निजी कलेजहरुले पुर्वाञ्चलका् शैक्षीक क्षेत्रमा अतुलनिय योगदान पुर्याएको बताए ।

ब्यवस्थापनकोको पक्ष सबल र पारदर्शि भएकोले शैक्षीक गुणस्तरमा कमी नभएको कलेजको संस्थापक कमलेश शर्मा पौडेलले बताउनु भयो । सोही अवसरमा कलेजका प्रार्चार्य प्रेम प्रसाद न्यौपानेले मेहनत पसिना लगनशीलता, आत्माबिश्वास, र अनुसासनको बिउबाट आज कस्तुरी कलेज एउटा बिशाल रुख भएको बताउनु भयो ।

साथै विभिन्न परिक्षामा र कलेजमा भएको बार्षिक परीक्षामा उत्कृट हुने विद्याथीहरुलाई समेत पुरुसकृत गरेको थियो । विद्यार्थीहरुले नृत्य, गायन, लगायतको विभिन्न कार्यक्रम गरी वार्षीक उत्सव सम्पन्न गरेका हुन । कार्यक्रममा हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमीरे , प्रध्यापक डा केदार प्रसाद पौडेल, प्रत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का लगायतले वोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया