इटहरी । राष््िय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको पहिलो प्रादेशिक शाखा सुनसरीको कोशी गाउँ पालिकामा स्थापना हुने भएको छ ।

एक अर्वको लगानी रहने राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको पहिलो प्रादेशिक शाखा सुनसरीमा स्थापना गर्न लागिएको हो । ्सुनसरीको कोशी गाउँपालिका स्थित खुनियाधारमा बनाउन लागिएको अनुसन्धान केन्द्रले तत्काल गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनबाट कार्य थाल्ने छ ।

गउपालिकाले उपलव्ध गराएको भवनबाट तत्काल काम थाल्ने गरी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लौकहीमा उदघाटन गरेका छन । राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको सुनसरीमा बन्न लागेको प्रादेशिक शाखाकालागि नेपाल सरकारबाट ५ करोड रकम निकाशा भैसकेको अर्थमंत्री कार्कीले बताए । चिन सरकारको सहयोगमा बन्ने अत्याधुनिक सुविधा सम्पन्न आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र प्रदेश नम्वर १ कै नमूना बन्ने मंत्री कार्कीले जानकारी दिए । अनुसन्धान तथा तामिल केन्द्र स्थापनाका लागि गाउँपालिकाले १० बिगाह जग्गा अनुसन्धान केन्द्रलाई उपलब्ध गराइसकिएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थ ठाकुरले शाखा स्थापनाले चिकित्सकिय सेवा सहित पूर्वमा रहेका जडिबुटीको अध्ययन र अनुसन्धानका लागि कोशेढुङ्गा साबित हुने बिश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया