इटहरी । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा तीनै तहका निर्वाचन सम्पन्न भई सकेकाले अब समृद्धिको अभियान थाल्नु पर्ने वताएका छन ।

सुनसरीको इटहरीमा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री कार्कीले अव मुलुकलाई समृद्धिको अभियानमा अघि वढाएर नेपाली जनतालाई धनी बनाउने कार्यमा लाग्नु पर्ने वताएका हुन । ऋर्थमन्त्री कार्कीले धेरै सम्भावना बोकेको भएपनि समृद्ध वनाउन नसकेकाले अवका दिनमा जनतालाई उद्यमशिल वनाएर मुलुकलाई समृद्धि तर्फ अघि बढाउनु पर्नेमा जोड दिए । उनले प्रदेस नम्वर १लाई औधोगिक हवका रुपमा विकास गर्न सकिने भन्दै त्यस तर्फ उद्योगी व्यवसायीहरुको समेत ध्यान जानु पर्ने तर्क गरे । अर्थ मन्त्रीले सरकारले सवैलाई जागिर दिन सक्दैन त्यसैले उद्यमशिल बनेर विकास निर्माणमा सरकारलाई सहयोग पुर्रयाउदै रोजगारी सिर्जना गर्ने सकिने भनाई समेत राखे ।

सुनसरीका १२ स्थानिय तह मध्ये धरान बाहेकको क्षेत्रमा कर सम्वन्धी सेवा दिदै आएको करदाता सेवा कार्यालयको १७ कोठे भवन निर्माणका लागि २करोड ६६लाख खर्च भएको सो अवसरमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया