इटहरी, २७ माघ । बराह नगरपालिका–११ मधुवन शुक्रबारे क्षेत्र अन्तर्गत कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाटा निक्लिएको जङ्गली हात्तीको बथानले त्यसका क्षेत्रका अन्नबाली एवम तरकारीमा नोक्सानी पु¥याउने गरेको पीडित किसानहरुले बताएका छन ।
स्थानीय किसान देवी चौलाईका अनुसार जङ्गली हात्तीको बथानले दीपा श्रेष्ठको घर भत्काएर घरभित्र रहेको सामाग्री बाहिर निकालेर फ्याकिदएको तथा कौशिला धिमाल जयहरी काफ्लेको घरमा आशिंक नोक्सानी गरेको बताउनुभयो ।
यसैगरी ती जङ्गली हात्तीको बथानले एकराज पराजुली र दुर्गाबहादुर पाण्डेले लगाउको दुई कट्ठा जमिनको आलु बाली तथा अन्य किसानहरुको तरकारी बालीमा पनि हात्तीको बथानले नोक्सानी पु¥याएको पनि चौलागाईले जानकारी दिनुभयो ।
आरक्ष प्रशासनले जङ्गली हात्तीको निगरानीका लागि उपकरण जडान गरिएको तथा हाँत्तीको बथान कुन ठाउँमा के गरिरहेको अवलोकन गरिने भए पनि जङ्गली हात्ती मध्यवती क्ष्ोत्रको किसानका खेतबारीमा पसेर विझाई गर्दा भने आरक्ष प्रशासनले तिनीहरुलाई धपाउन नसक्ने स्थिति रहेकाले किसानहरुले नोक्सानी ब्यहोर्न बाध्य हुने गरेको गुनासो गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया