इटहरी, २७ माघ । आन्तरिक राजश्व कार्यालय धरान सुनसरी अन्तर्गत इटहरीमा रहेको करदाता सेवा कार्यालयको नयाँ भवनको निर्माणसँगै उक्त भवनबाट करदाताहरुलाई सेवा दिन थालेको छ ।
इटहरी उप महानगरपालिका १० मा आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालयको स्वामित्वमा रहेको २ कट्ठा २ धुर जमिनको क्षेत्रमा निर्माण गरिएको तीन तले करदाता सेवा कार्यालय भवनमा १७ कोठा रहेको कायालयका प्रमुख भोगि राईले जानकारी दिनुभएको छ ।
इटहरी उपमहानगरपालिका लगायत सुनसरी जिल्लाको अरु ३ नगरपालिका र ६ गाउँपालिका क्षेत्रको कर सम्वन्धि कार्यमा करदाता सेवा कार्यालयले हेर्दै आएको कार्याले जानकारी दिएको छ ।
आन्तरिक राजश्व कार्यालय धरान सुनसरीले भने कोशी अञ्चलको सुनसरी धनकुटा तेह्रथुम सङ्खुवासभा र भोजपुर जिल्लाको आन्तरिक कर सम्वन्धि रेखदेख गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया