इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा रहेको टेग्राा खोलामा एक युवाको शव फेला परेको छ ।

शनिवार विहानको समयमा टेग्राखोलाको पानीमा घोप्टो परेको अवस्थामा स्थानियले शव देखि प्रहरीलाई खवर गरेका थिए । पानीमा तल्लो भागमा कपडा लगएको तर माथिल्लो मागमा कपडा नलगाएको अवस्थामा फेला परेको मृतक पुरुषको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । शरिरमा कुनै पनि किसिमको चोटपटक नदेखिएकाले अहिले नै केही भन्न नसकिने प्रहरीले वताएको छ । मृतकको पोष्टमाटमको रिपोट आएपछि मात्र मृत्युको कारण भन्न सकिने इलाका प्रहरी इटहरीमा प्रहरी नायव उपरिक्षक सञ्जय राउतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया