इटहरी, २६ माघ । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीले सहकारी सम्वन्धि पछिल्लो परिवर्तित संरचना अनुसार सहकारी सङ्घ २०७४ तथा आयकर कठिनाई र करको दायित्व विषयक एक दिने प्रशिक्षण तालिम आज इटहरीमा आयोजना गरिएको छ ।
जिल्लामा सक्रिय बचत तथा ऋण सहकारी िसंस्थाहरुले राजनीतिक परिवर्तनसँगै त्यसको रेखदेख र निगरानीमा समेत नयाँ ढङ्गको जिम्मेवारी एवम प्रशासनिक अवस्था उत्पन्न भएपछि अव कसरी सहकारीलाई प्रभावकारी बनाउँदै जाने भन्ने विषयमा सहकारी अभियानकर्मीहरुलाई दक्षता अभिबृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो ।
सहकारीका शेयर सदस्यहरु सङ्गठित भई शेयर सदस्यहरुको आर्थिक पहुँच विस्तारमा धेरथोर भरथेग गर्दै समुदायमा आर्थिक गतिविधिको उन्नतीमा सक्रिय योगदान पु¥याउँदै आएको सहकारीहरुले परिवर्तिन सन्दर्भमा कसरी आयकर र करको दायित्वभित्र रहेर काम गर्ने हो भन्ने विषयमा समेत सचेत र सक्रिय हुनु पर्ने विषयमा ज्ञान आवश्यक रहेकाले प्रशिक्षण तालिम आयोजना गरेको बताईएको छ ।
प्रशिक्षण तालिम कार्यक्रममा चार्टर एकाउण्टेड एवम अधिवक्ता शेषकान्त दाहालले जिल्लाका बचत तथा ऋण सहकारी सङ्घसँगै आवद्ध अभियानकर्मीहरुलाई पुरानो ढाँचा र शैलीबाट काम गर्दा सहकारीहरुले अप्ठ्यारोबाट गुज्रनु पर्ने भएकाले नयाँ संरचना र प्रणालीका विषयमा ज्ञान हाँसिल गर्न जरुरी रहेको कुराका िविषयमा ज्ञान दिनुभयो ।
जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण तालिम उद्घाटन समारोहमा जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष दामोदर कोईराला, बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदी र उपाध्यक्ष विमला प्रधान लगायतले बोल्नुभएको थियो ।
सुनसरी जिल्लाको जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा आवद्ध १८४ पटा सहकारीहरुमध्ये सेवा बचत, दुर्गा बचत, शान्ति जनकल्याण, महिला बचत रामधुनी बचत लगायतका बीसवटा सहकारीको कारोवार कम्तिमा ३० करोड बढि रहेको र रोजगारी दिने कार्यमा पनि यी सहकारीले मेहत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि जानकारी दिईएको छ ।

तपाईको प्रतिक्रिया