मानव बेचबिखनविरुद्ध मिडियाका साथ क्षेत्रीय सञ्जाल गठन

काठमाडौं, । नेपाल, भारत, बंगलादेश र म्यानमारको सीमाबाट हुने मानव बेचविखन तथा गैरकानुनी ओसार–पसार नियन्त्रणका लागि सञ्चारमाध्यमका साथ सहकार्य गर्दै अघिबढ्ने रणनीतिसहितको कार्यक्रम सुरु भएको छ । भारतको सिलङस्थित इम्पल्स एनजीओ नेटवर्कले गत जनवरीदेखि कार्यक्रम सुरु गरेको हो ।जनबरी २६ मा प्रेस विज्ञप्ति जारी गरी इम्पल्स एनजीओ नेटवर्कले जानकारी गराएअनुसार इम्पल्स मेडिया प्रेस ल्यावले मानव बेचबिखनका विषयमा सम्बद्ध मुलुकका पत्रकारलाई तालिम प्रदान गरी प्रभावकारी समाचार संकलन तथा लेखन सीप विकास गर्नेछ ।इम्पल्स एनजीओ नेटवर्कले बीबीसी, थोमसन रोयटर्स फाउण्डेसन, फ्रान्स २ र सीएनएन न्यूज १८ तथा सिक्किम एक्सप्रेससँग सहकार्य गर्दै विगत लामो समयदेखि मानव बेचबिखनविरुद्धको अभियान चलाउँदै आएको छ । नेपाल, भारत, बंगलादेश र म्यानमारका छानिएका पत्रकारलाई इम्पल्स मोडेल प्रेस ल्याबले सम्बद्ध विषयमा समाचार–आलेख तयार पार्ने प्रयोजनका लागि एक वर्षको लेखनवृत्ति प्रदान गर्नेछ । लेखनवृत्ति दुई प्रकारका पत्रकारलाई भिन्नाभिन्नै दुई स्वरुपमा प्रदान गरिनेछ, सुरुवाती अवस्थाका पत्रकारका लागि एक वर्षको लेखनवृत्ति दिइनेछ भने अनुभवी पत्रकारका लागि चार हप्ताका लागि लेखनवृत्ति प्रदान गरिनेछ । अनुभवी पत्रकारले सम्बद्ध मुलुकको सरोकारका रुपमा रहेको मानव बेचविखनका विषयमा गहन तथा खोजमूलक लेख तथा फिचर तयार पार्ने अपेक्षा गरिएको छ । प्रकाशित–प्रसारित सामग्रीहरु सामाजिक सञ्जालमा समेत समावेश गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ । इम्पल्स मोडेल प्रेस ल्याबको जनबरी ११–१२ मा काठमाडौंमा सम्पन्न बैठकले मानव बेचविखन नियन्त्रणमा प्रेसको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै पैरवी वा अभियानका रुपमा पत्रकारले कलम चलाउनु आवश्यक रहेको जनाएको छ । काठमाडौंमा सम्पन्न इम्पल्स मोडेल ल्याबमा सम्बद्ध मुलुकका प्रतिनिधिहरुको उपस्थिति थियो । इम्पल्स एनजीओ नेटवर्कका अध्यक्ष हसिना खरभीको संयोजनमा सम्पन्न कार्यक्रममा मानव बेचविखनका विषयमा अनुसन्धान गर्ने विज्ञ, पूर्व सरकारी अधिकारी, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति थियो । खरभीकै संयोजनमा काठमाडौंमा एनजीओ तथा सञ्चारकर्मीका लागि छुट्टाछुट्टै गोष्ठीको आयोजना पनि भएको थियो । तीनवटै कार्यक्रम सफल बनाउन मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल (इहि«कन)ले स्थानीय संयोजकको भूमिका निर्वाह गरेको थियो ।

तपाईको प्रतिक्रिया