इटहरी । सुनसरीको इटहरीमा जारी फुडफेस्टिवलको मुख्य आकर्षण खाध्यन्नसंगै सुविसु इन्टरनेट आकर्षणको केन्द्रमा परेको देखिन्छ ।
खानाका परिकारहरुलाई महत्व दिएर गत १८ गते देखि सञ्चालन भई रहेको फुडफेस्टिवलको मुख्य आकर्षण सुविसुको फ्री वाइफाई बन्न पुगेको हो । विभिन्न किसिमका खानाका परिकारहरुको स्टल रहेको खाना महोत्सवमा सुविसुले समेत आफनो प्रचारप्रसारका लागि प्रदान गरेको निशुल्क इन्टरनेट सेवाको मेलामा आउनेहरुले भरपुर रुपमा उपयोग गरेको देखिन्छ । मेलामा आउनेहरुले खानाका परिकार तथा सेल्फी जोनमा फोटो खिचेर तत्काल राख्ने गरेको पाइन्छ । मेलामा नेटको सुविधा प्रभावकारी भएको मेलामा आउनेहरु वताउछन । नेपाली तथा विभिन्न देशका खानाहरुको स्वाद लिन सक्ने गरी सञ्चालन भई रहेको महोत्सवमा इलामको दुग्धजन्य उत्पादन, फुड सम्वन्धि अध्ययन गराउने कलेजहरुको स्टल समेत मेलाको आकर्षण बनेको पाइन्छ । मेलाको थप आकर्षणको लागि दैनिक रुपमा राष्ट्यि तथा स्थानिय कलाकारहरुको प्रस्तुति समेत राखिएका छन । ९ दिन सम्म चल्ने मेलामा ८० लाखको कारोवार हुने अनुमान गरिएकोमा उत्साहजनक रुपमै कारोवार समेत भई रहेको मेलाको आयोजक संस्थाका अध्यक्ष मनोज भुजेल बताउछन ।

तपाईको प्रतिक्रिया