इटहरी । झापाको विर्तामोडमा सञ्चालनमा रहेको बी एण्ड सी टिचिगं अस्पतालले चिकित्सा विज्ञानका क्षेत्रमा स्वास्थ्य जाँचका लागि प्रयोगमा ल्याईएको अत्याधुनिक प्रविधिको चिकित्सा स्वास्थ्य जाँच केन्द्रको इटहरीमा उद्घाटन गरिएको छ ।
बी एण्ड सी डायग्नोष्टिकको उद्घाटन गर्दै प्रतिनिधिसभाका साँसद एवम पूर्व राज्यमन्त्री सिताराम मेहताले इटहरी जस्तो ठूलो शहरमा बिर्तामोडमा सफल बी एण्ड सी टिचिगं अस्पतालले सय शैयाको ट्रमा सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दर इटहरीबासीमा त्यसै पनि खुशीयाली आउनु स्वभाविक भएको बताए ।
कार्यक्रममा अस्पतालका सञ्चालक एवम कार्यकारी निर्देशक दुर्गा प्रसाईले बी एण्ड सी अस्पतालले पूर्वी नेपालमा नै अध्याधुनिक चिकित्सास ल्याव सहित रोगको पहिचान र उपचारमा विश्वासनीयक सेवा उपलब्ध गराउँदै स्वास्थ्य उपचारमा विदेश जानु पर्ने बाध्यताको अन्त्यका लागि प्रयासरत रहेको जानकारी दिए ।
उनले जटिलभन्दा जटिल रोगको उपचारसँगै मुटु सम्वन्धि उपचारमा पनि अस्पतालले विश्वासनीय र भरपर्दो उपचार सेवाप्रति समर्पित रहँदै आएको तथा यो सेवालाई इटहरीमा ल्याउने तयारीमा रहेको पनि जानकारी दिए ।
तीनसय करोड रुपियाँको लगानीबाट केही बर्षअघिबाट प्रारम्भ भएको बी एण्ड सी अस्पताल विर्तामोडले भरपर्दो चिकित्सा सेवा दिनका लागि रोगको प्रकृति हेरेर गहन अनुसन्धान एवम अध्ययनपछि उपचार गर्ने भएकाले पनि अस्पतालले जनविश्वासमा ख्याती प्राप्त गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक डा. सुजन शर्मा पन्तले जानकारी दिए ।
सोही अवसरमा अस्पतालका निर्देशक उमेश शर्मा र उद्योग बाणिज्य महासङ्घका केन्द्रिय सदस्य रोहित प्रसाईले पनि चिकत्सिा स्वास्थ्य जाँच केन्द्र इटहरीमा स्थापना गरिनुले जटिल रोगको पहिचानमा सुविधा पुग्न गएको विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया