इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल सुनसरीको आयोजनामा सञ्चालन भएको उच्च मावि स्तरिय खेलकुद भएको छ ।
हिसान स्पोर्टस मिटका नामका विगत ६ वर्ष देखि सञ्चालन हुदै आएको खेलकुद प्रतियोगिता अन्र्तगत विभिन्न खेलकुदका विधामा जिल्लाका २९ उच्च माविका विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको थियो । खेलकुद कार्यक्रम अन्र्तगत फुटबल, क्रिकेट, बास्केटबल, भलिवल , हाजिरी जवाफ ,नृत्य विधामा प्रतिस्पर्धा गराइएको थियो ।
इटहरीको शुष्मा गोदावरी कलेजमा भएको समापन कार्यक्रममा मारुनी नृत्य प्रतियोगिताको आयोजना संगै एक सातादेखी चलेको स्पोर्टस मिट सम्पन्न गरेको हो । मारुनी नृत्य प्रतियोगिताको मारुणी नृत्य प्रतियोगितामा प्रथम स्थानमा धरान आदर्श माबि भयो भने धरान उच्च माबि द्धितिय स्थानर यस्तै अल्पाइन उच्च माबिले तेस्रो स्थान प्राप्त गरेको छ भने डिपो उच्च माबिले सान्तवना पुरस्कार प्राप्त गरेको छ । साताब्यापी खेलकुद महोत्सवको समापनको अवसरमा शिक्षा क्षेत्रमा योगदान दिएको भन्दै प्राध्यापक डाक्टर टंक न्यौपाने, लेखनाथ घिमिरेलाइ शिक्षा रत्न र मेजर श्रवन कुमार लिम्बुलाइ शिक्षा सम्मानबाट सम्मानित गरियो । उहाहरुलाइ इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीले सम्मान गरेका थिए ।
सप्ताहव्यापी खेलकुद कार्यक्रममा फूटवल तर्फ १६, क्रिकेट तर्फ १०, वास्केटवल तर्फ ११, भलिवल छात्रा तर्फ ८, हाजिरि जवाफ तर्फ १४ र मारुनी नृत्य तर्फ १३ वटा विद्यालयका टिमको सहभागिता रहेको थियो । जिल्लाका नीजी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र–छात्राहरुका प्रतिभा र क्षमताको प्रदर्शनको लागि हरेक वर्ष यस्तो कार्यक्रम आयोजन गर्ने गरिएको खेल संयोजक सागर भट्टराईले जानकारी दिए । इटहरीको डिभिएम स्कुलको खेद मैदानमा क्रिकेट प्रतियोगिता भएको थियो । सो प्रतियोगिताको उपाधी बिश्वआदर्श कलेजले जितेको थियो । यस्तै इटहरी रंगशालामा सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगिताको उपाधी पनि बिश्वआदर्शले जितेको थियो । यसैगरी एन्फा एकेडेमीको खेल मैदान धरानमा सम्पन्न फूटवलको उपाधी कस्तुरी कलेजले जित्यो भने डिपोट स्कुल धरानमा सम्पन्न वास्केटवलमा डिपोट स्कूलले जितेको थियो । यस्तै युरेका स्कुल धरानमा भएको हाजिरिजवाफ प्रतियोगितामा कोशी सेन्टजेम्स उच्च माबि प्रथम भएको थियो ।
मुकुन्द घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस विष्ट,प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापा,गणेश दुलाल,खेल संयोजकहरु सागर भटट्राई,पेशल पोख्रेल,राजकुमार राई,राजेन्द्र गुरुगं, बालजित राई नेत्रप्रसाद सुवेदी लगायतको सहभागिता रहेको थियो ।