इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७ जना रक्तदाताले रक्तदान गरेका छन् ।
इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्य तालिका अनुसार आयोजित रक्तदान कार्यक्रममा ५७ जना रक्तदाता शेयर सदस्यहरुले रक्तदान गरेको कार्यक्रम संयोजक प्रमिला पराजुलीले जानकारी दिइन ।
संस्थाका अध्यक्ष किरण पराजुलीको अध्यक्षता तथा रेडक्रसका किशोर भण्डारीको प्रमुख आतिथ्यतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको कमल घिमिरेले जानकारी दिए । रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा भएको थियो ।
त्यसैगरी इटहरी ६ की किशोरी खुश्वु साहको स्मृतिमा युवा विकास केन्द्रले इटहरी चोकमा नै आयोजना गरेको रक्तदानमा ८० जना रक्तदाताले रक्तदान गरेको र उक्त रगत रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया