इटहरी । निःसहाय बालबालिका सेवा आश्रम इटहरीले आश्रमका बालबालिकाहरुको शुन्दर भविष्यका लागि सहयोग जुटाउने उद्देश्यले यही माघ २९ देखि फागुन ६ गतेसम्म बैद्धिक सनातन दर्शन एवम श्रीमद्भागवत ज्ञान महायक्ष आयोजना गरिने भएको छ ।
आश्रमले आज विहान आश्रम परिसरमा पत्रकार सम्मेलनमा आयोजना गरी सञ्चालक गीता गौतमले उक्त धार्मिक कार्यक्रमका विषयमा जानकारी दिदै बालबालिकाहरुको सुन्दर भविष्य निर्माणका लागि आर्थिक सहयोग जुटाउनका लागि उक्त धार्मिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
सोह ीआश्रममा लामो समयदेखि बालबालिकाहरुको स्वास्थ्य हेर्दै आउनु भएका चिकित्सक चुन्नु अधिकारी र आश्रम सञ्चालक गीता गौतमको स्वर्गीय पिताको स्मृतिलाई समेत मध्यनजर गर्दै उक्त धार्मिक कार्यक्रम गर्न लागिएको पण्डित श्रीकृष्ण मनुर्भवले थप जानकारी गराए ।
हाल आश्रममा ३४ जना बालबालिकाहरुले आवासीय सेवासँगै शिक्षा दीक्षा समेत प्राप्त गर्दै आएको र उनीहरुको सम्पूर्ण रेखदेख आश्रमले गर्दै आएकाले आश्रमका भौतिक पूर्वाधार सुधारसँगै अन्य पूर्वाधार निर्माणमा समेत टेवा पु¥याृउनका लागि पनि उक्त धार्मिक कार्यक्रम गर्न लागिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया