इटहरी । हिंसापिडितहरुको पुर्नस्थापनाका लागि सुनसरीको इटहरीमा आगामी चैत्र महिना देखि माया घरको निर्माण कार्य सुरु हुने भएको छ ।
सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी माया घर निर्माणका लागि लगाइएको श्रीमद् भागवत ज्ञान पुराणको आय व्याय सार्वजनिक गर्दै माया घरको निर्माण कार्य चैत्रको पहिलो साताबाट सुरु गर्ने जानकारी दिइएको हो ।
माया घर निर्माणका लागि गत पौष ८ गते देखि १५ गते सम्म सञ्चालन गरिएको भागवत पुराणबाट नगद पचास लाख पचहत्तर हजार चारसय अठ्चालिस रुपौया आम्दानी भएको तथा सोह् लाख छैयालिस हजार चौरानव्वे रुपौया खर्च भएको जनाइयो । त्यसै गरी सात कठ्ठा जग्गा समेत माया घर निर्माणका लागि प्राप्त भएको पत्रकार सम्मेलनमा माया घर नेपालकी कोषाध्यक्ष शान्ता न्यौपाने कार्कीले जानकारी दिइन । त्यसै गरी अहिले संस्थाले हिंसा पिडित तथा मानसिक समस्या भएकी एक महिलाई उपचार गरि जागरण आरोग्य समुहमा संरक्षणमा राखिएको समेत जानकारी दिइयो । माया घरमा महिला ,पुरुष ज्येष्ठ नागरिक तथा हिंसा पिडितहरुको पुर्नस्थापना गर्ने योजना रहेको संस्थाकी अध्यक्ष राधा दासी जिले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया