इटहरी । हड्डीकोे क्यान्सरबाट पिडित सुनसरीको इटहरी २ का ७ बर्षिय बालक पारस कार्कीको उपचारमा सहयोगका लागि रकम संकलन हुने क्रम जारी रहेको छ ।
भारतको मुम्वई स्थीत टाटा मेमोरियल अस्पतालमा उपचार गराई रहेका बालक पारसको उपचारका लागि १८लाख खर्च लाग्ने चिकित्सकले वताएपछि उनका परिवारले सहयोगको याचना गरेका थिए ।
पारसको उपचारका लागि सहयोग जुट्ने क्रममा पछिल्लो पटक नेपाल रेड्क्रस सोसाईटी इटहरीका अध्यक्ष विमल पौड्यालको सक्रियता संकलन गरिएको ५५हजार ५ सय रुपौया क्यान्सर पिडित पारसका हजुरवुवा हर्षबहादुर कार्कीलाई हस्तान्तरण गरियो । रकम सहयोगकर्ता हरु विश्व आदर्स कलेज,लायन्स क्लब क्रियटिभ लेडी ,टिका ओझा,सुकदेव घिमिरे, मिनु न्यौपाने लगायतका विभिन्न व्यक्तिहरुले बालकको उपचारका लागि सहयोग गरेको पनी पौड्यालले जानकारी दिए । आर्थिक अवस्था कम्जोर भएको र बालकको उपचारका लागि ठुुलो धन रासि खर्चनु पर्ने भएपछि पारसको परिवारले सहयोगको याचना गरेको थियो । परिवारको याचनापछि सहयोग जुट्ने क्रममा ९लाख जती संकलन भईसकेको पिडितका हजुरवुवा हर्षबहादुरले वताए ।

 

तपाईको प्रतिक्रिया