इटहरी । रोट्रर्याक्ट क्लब अफ इटहरीले पीसजोन स्कुलमा अध्ययनरत कक्षा ६ देखी ९ सम्मका छात्राहरुका लागि रजश्वला सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा महिनावारी हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्ने तथा सरसफाईको कमी हुँदा आइपर्ने स्वास्थ समस्याहरु बारे नर्स संगीता कार्कीले जानकारी दिइन् । कार्यक्रममा १ सय ३७ जना छात्राहरु सहभागि थिए ।

तपाईको प्रतिक्रिया