श्री कृष्ण प्रणामी युवा परिषद् प्र.स. मुक्तिधाम इटहरीको आयोजनामा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको २८ औँ स्थापना दिवसको अवसरमा प्रा.अ. अध्यक्ष विनोद सुवेदीको अध्यक्षता र इटहरी उ.म.न.पा.का मेयर द्वारिकलाल चौधरीको प्रमुख अतिथ्यता, श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रिय सदस्य यज्ञ प्रसाद ढकाल, श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका अध्यक्ष सन्त श्री कृष्णदास महाराज र वृहत्तर मुक्तिधाम क्षेत्र विकास समिति अध्यक्ष हेम प्र. घिमिरेको विशेष आतिथ्यता, समजसेवी यज्ञ कट्वाल र वार्ड नं. १८ का वार्ड अध्यक्ष रामकुमार चौधरीको उपस्थितिमा अन्तर वार्ड स्तरीय खुल्ला हाजिरीजवाफ कार्यक्रम सम्पन्न भयो कार्यक्रममा स्वागत मन्तव्य प्रा.स. सचिव प्रेगिना ओझाले राख्नु भयो भने कार्यक्रमको सञ्चालन जिल्ला सुनसरी सचिव डिल्ली प्र. अधिकारीले गर्नुभयो र कार्यक्रमका संयोजक सन्दीप बास्तोला रहनु भएको थियो भने कार्यक्रममा सहजिकरण सन्तोष रायमाझी, कृष्ण माझी, विन्दुर सुवेदी, यमुना चापागाईले गर्नु भयो ।

कार्यक्रममा वडा नं. २० ले प्रथम स्थान, वार्ड नं. २ ले द्वितीय स्थान, वार्ड नं. ८ ले तृतीय स्थान,वार्ड नं. १५ ले सान्त्वना स्थान ।

प्राप्त गरेका थिए, कार्यक्रममा इटहरी उ.म.न.पा.का २० ओटा वार्डहरु मध्ये ६ ओटा वार्डहरुको सहभागितामा सम्पन्न भयो । विजयी र सहभागीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण पछि  कार्यक्रमको समापन गरियो ।

Itahari quiz contest

तपाईको प्रतिक्रिया